शिक्षा बहुउद्देश्यीय सहकारी द्वारा सेवा केन्द्र धुलाबारीका सदस्यलाई सम्मान

0
SHARES
6
VIEWS

झापाको बिर्तामोडमा मुख्य कर्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको एघारौं सधारण सभा अन्तर्गत आज सोमवारधुलाबारीमा आयोजित इकाइगत सधारण सभामा उनीहरूलाई सम्मान गरेको हो ।

संस्थाले आवधिक बचत राम रिजाल, शिक्षा बचततर्फ नितिका रिजाल, उत्कृष्ट ऋणीतर्फ कमल सहनी र साधारणतर्फ सन्तोष बिस्वकर्मालाई सम्मान गरिएको हो ।

सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंककी धुलाबारी शाखाकी मुना घिमिरे, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्रमुख अतिथि घिमिरेले केही सहकारी संचालकको गलत नियत र हल्लाले सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । सदस्यले सहकारीमा तिर्नुपर्ने ऋणको किस्ता र बचतलाई नियमित गरेर सहकारी अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बाह्य ऋण भन्दा सदस्यको बचतलाइ बढी प्राथमिकता दिएको बताउनुभयो । सदस्यलाइ बचतमा प्रोत्साहन गरी सदस्यलाई नै बढी लाभान्वित बनाउने नीति लिएको बताउनु भयो ।

संस्थाका लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९र०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।

त्यस्तै, शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९र०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको छ । संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ । गत आवमा तीन जना सेयर सदस्यको ३ लाख ५० हजार १३० रुपैयाँ कर्जा मिनाह गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सेवा केन्द्र प्रमुख बिपना तिम्सिनाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य संयोजन सावित्रीकुमारी लिम्बू, सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र, सदस्य उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य युबराज निरौला लगायतको उपस्थिति रहेको थियो ।

संस्था आजदेखी इकाइगत साधारण सभा सप्पन्न भएको छ । संस्थाको कात्तिक २ गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण भेला हुनेछ ।

बिर्तामोड शनिश्चरे, धाइजन, चैतुबारी, धुलाबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको शिक्षा बहुउद्देश्यमा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार