साना मझौला सहकारीको नाफा ५३ लाख …अध्यक्षमा पुनः देवी निरौला निर्वाचित

0
SHARES
13
VIEWS

साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा र चौथो अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ ।

आज बिर्तामोडमा सम्पन्न साधारणसभामा निरौलाको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति तथा श्यामबहादुर निरौलाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको जनाइएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा देवीप्रसाद अधिकारी, सचिवमा पुनः चन्द्रकुमार भट्टराई, सहसचिवमा प्रेमप्रसाद अधिकारी र कोषाध्यक्षमा छविरमण अधिकारी चयन भएको जनाइएको छ ।

त्यस्तै, सदस्यहरुमा प्रेमबहादुर कार्की, अनिता मैनाली संग्रौला, ममता गुरुङ र कृपा खड्का चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा श्याबहादुर निरौला, चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत पुनः चयन भएका हुन् ।

बिर्तामोडको अतिथि सदनरोडमा मुख्य कार्यालय रहेको संस्थाको ावत्तीय कारोबारमा गत आर्थिकवर्षमा व्यापक उतार चढाव आएको साधारणसभामा प्रस्तुत प्रतिवेदनबाट देखिन्छ । समीक्षा वर्षमा संस्थाको शेयरपुँजी गत आवको भन्दा घटेको छ । ६ करोड ८९ लाख ६० हजार १०० रहेको शेयर पुँजी ६ करोड ८१ लाख ४७ हजार ९०० मा झरेको हो ।

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको निक्षेप कारोबार गत आर्थिक वर्षको भन्दा ३ हजार ६६० रुपैयाँलेमात्र वृद्धि भई २३ करोड एक लाख ४३ हजार ५४४ रुपैयाँ पुगेको अध्यक्षले प्रतिवेदन वाचन गर्दै सुनाइन् ।

संस्थाको कर्जा कारोबारको अंक पनि २२ लाख १६ हजार १६६ रुपैयाँले घटेको छ तर समीक्षा वर्षको नाफा चाहिँ ६४ लाख १९ हजार ४८० रुपैयाँ आर्जन गरेको अध्यक्ष बस्नेतले बताइन् । गतवर्ष संस्थाले ५३ लाख १० हजार तीन रुपैयाँ नाफा अर्जन गरेको थियो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको अवसर पारेर संस्थाका एकजना कर्मचारी,सहित दर्जन हाराहारी सेयर सदस्यहरुलाई विभिन्न शीक्र्षकमा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा फिल्ड सुपरभाइजर ऋषिराम अधिकारीलाई नगद ५ हजार रुपैयाँले पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट बचतकर्तामा विष्णुप्रसाद शिवाकोटी, दिपक भूजेल र प्रभा रायामाझी नगदसहित ४ हजार १०० रुपैयाँसहित सम्मानित भए ।

यस्तै, उत्कृष्ट खुत्रुके बचतकर्तामा राहुल अग्रवाल र सन्तोष खतिवडा नगद २ हजार १०० रुपैयाँसहित पुरस्कृत भए भने उत्कृष्ट कर्जा कारोबारी सदस्यहरु स्वेता काफ्ले, निकेश कटवाल र कमला उप्रेती नगद ४ हजार १०० रुपैयाँ पुरस्कारसहित सम्मानित भएका छन् ।

संस्थाले एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि नगदसहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा अभिनव सिलवाल र अंकिता दवाडी रहेका छन् ।

३ दशमलव ७५ जिपिए ल्याएका सिलवाल र ३ दशमलव ९६ जिपिए ल्याएकी दवाडीलाई मोहनप्रसाद भट्टराईले आफ्ना बुवा र छोराको नाममा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।

बिर्तामोड, मेचीनगर र कनकाईमा तीनवटा सेवाकेन्द्र रहेको संस्थामा दुई हजार ४९० महिला र एक हजार ९६१ पुरुष शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रबन्धक कमलप्रसाद खनाल, नेफ्स्कूनका विनोद न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, नयाँ उज्यालोका अध्यक्ष सुष्मा भण्डारी, मातृ भाग्यरेखाका अध्यक्ष टंकप्रसाद दवाडीले मन्तब्य राखेका थिए ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए भने स्वागत कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेका थिए ।sajhamanchabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार