आर्थिक कारोवार सगं जोडिएपछि माओबादी नेता सूव्वा विवादमा …उपप्रमुख र सुव्वा विच चर्काचर्की

0
SHARES
70
VIEWS

राजकुमार ओली
एकल महिला संग आर्थिक कारोवारमा माओबादी विर्तामोडका अध्यक्ष मोहन सुव्वाको नाम मुछिएपछि विवादमा तानिएका छन ।
माओबादीको विर्तामोडका अध्यक्ष सुव्वाले आर्थिक कारोवारमा आफुलाइ बदनाम गराएको भन्दै आरोप लगाएपछि सुव्वा विवादमा तानिएका हुन ।

गत ६ महिना अघि विर्तामोड नगरपालिकाको न्यायिक समितीमा समेत बसेर दुवै पक्ष बसी छलफलबाट आफुले लगेको ३ लाख रुपैया र ७ वर्षकोा एकमुष्ट व्याज १ लाख गरि ४ लाख रुपैया दिने सहमति भएको तर आज सम्म सुव्वाले नदिएपछि पुन पिडित पक्ष दिपा पौडेल,न्याय माग्न न्यायीक समितीमा आएपछि यो आर्थिक कारोवारको विषय बाहिरिएको हो ।

विर्तामोड ८ की दिपा पौडेलको श्रीमान सगं समेत बसेर आर्थिक कारोवार गरेको तर श्रीमान विते पछि माओबादीको नेताले दिन आनीकानी गरेको दिपा पौडेलले पुर्वखवरलाइ बताइन ।

सोही आर्थिक कारोवार मिलाउने विषयमा माओबादीको नेता समेत रहेका मोहन सूव्वा र न्यायिक समितीका सयोंजक नगेन्द्र सग्र्राैला विच समेत चर्काचर्की भएको छ ।
आफुले पैसा तिर्न नपर्ने तर एकल महिलाले आफुलाइ बाध्य बनाउन खोजेको मोहन सुव्वाको भनाइछ ।सोही विषयमा न्यायीक समितीमा वसेर गरिएको छलफलको कुनै अर्थ नरहने र जे गर्न सक्नुहुन्छ गर्नूहोस भन्ने सुव्वा र सग्रौला विचको कुराकानी अन्त्यमा विवादमा तानिएको छ ।विर्तामोडका उपप्रमुख समेत रहेको सग्रौलाले आफुले भएको आर्थिक कारोवारलाइ नमिलाएमा हेल्लो सरकार सँग समेत कुरा गर्ने बताएपछि दुवै विच चर्काचर्की भएको हो ।

विवाद बाहिरीए पछि माओबादी केन्द्रको नामबाट प्रेस विज्ञप्ती समेत सार्वजनिक भएको छ ।विज्ञप्तिमा आफुहरुलाइ अपमान हुने गरि सग्रौला एक्सनमा उत्रिएको माओबादीको आरोप छ भने सयोंजक सग्रौलाले आफुले एकल महिला मात्रै होइन सवैलाइ न्याय दिनु जिम्मेवारी भएको बताउनुभएको छ ।
पछिल्लो समय विर्तामोड नगरपालिकामा आर्थिक सगं जोडिएको धेरै उजुरीहरु आउने गरेको केही केही बाट धम्की समेत खेप्नु परेको सगै्रालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार