नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि मतदान सम्पन्न … थेवे, सुब्बा र मगर सर्बसम्मत

0
SHARES
9
VIEWS

बिर्तामोड २२ कात्तिक । झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।

मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै ४ः१५ बाट मतगणना शुरु हुनेछ ।
प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं–२ मा आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

बाकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाको उम्मेदवारी परेको छ । खुल्ला महिला कोटामा उमा शिवाकोटी, चन्द्रकला भण्डारी र सीता पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै ५ जना खुल्ला पुरूषतर्फ ८ जनाको उम्मेद्वारी परेको छ । खुल्ला पुरूषतर्फ कोशी प्रदेश सभापति उद्वव थापा, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, उद्योगी छत्रबहादुर गिरी, सामाजिक व्यक्तित्व जलकुमार गुरूङ, पार्टीका पुराना कार्यकर्ता टीका प्रसाईं, सामाजिक व्यक्तित्व दिपेन्द्रप्रसाद ढकाल, र साहित्यकार तथा पूर्व शिक्षक हस्तबहादुर परियारको उम्मेद्वारी परेको छ ।

त्यसैगरी खस आर्य महिलातर्फ १ जना निर्वाचित हुनुपर्नेमा भुमादेवी घिमिरे र रन्जिता कार्कीको उम्मेदवारी परेको छ भने खसआर्य पुरूषतर्फ अनोजकुमार खड्का र यज्ञप्रताप अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन्।
झापाका पाँचवटै क्षेत्रमा निर्वाचन प्रक्रिया अघि बढेको छ । झापा क्षेत्र नं–१ मा खुल्लातर्फको पाँच पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ केशवराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्गबहादुर धिमाल, पुष्पराज पौडेल, रामबहादुर कट्टेल ९राम कट्टेल० पंकजविक्रम नेम्बाङ, विमल आचार्य, अशोककुमार पोखरेलको उम्मेद्वारी दर्ता भएको हो ।
यसैगरी दुई खुल्ला महिला पदका लागि दुर्गा खतिवडा, शोभा श्रेष्ठ नेम्बाङ र उषा गुरुङको उम्मेद्वारी परेको छ ।
खसआर्य खुल्ला कोटामा रोहितकुमार बुढाथोकी र तेजप्रसाद चम्लागाईको उम्मेद्वारी परेको छ । यसैगरी खसआर्य महिला कोटामा सुशिला रिजाल, टिका सुवेदी बराल, चन्द्रकला भट्टराईको उम्मेद्वारी परेको छ । खसआर्य खुल्ला र महिलामा १÷१ जना महासमिति सदस्य चयन हुनेछन् ।
यसैगरी आदिबासी जनजाति खुल्लातर्फ १ जना महासमिति सदस्य पदका लागि बालाजित राई र प्रेम सम्बाहाम्फेको उम्मेद्वारी परेको छ । आदिबासी÷जनजाति महिलातर्फ भने डम्बरकुमारी थापा मगरको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मतदान बिहीबार हुनेछ ।

थेवे, सुब्बा र मगर सर्बसम्मत
सतासीधाम २२ कात्तिक । झापा ४ मा नेपाली कांग्रेस महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाती महिला १ कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी झापा क्षेत्र नं–२ मा राधा सुब्बा र झापा क्षेत्र नं–१ मा डम्बरकुमारी थापा मगर आदिबासी जनजाति महिलातर्फको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन् ।
खुला ५ कोटामा ९ जनाले उमेदवारी दर्ता गरेका छन् । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै सोही पदमा सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उमेदवारी दर्ता भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उमेद्वारी दर्ता गराएका छन् । कार्की संगै शिवसताक्षी ८ का चन्द्रमणि नेपालले पनि उमेद्वारी दिएका छन् ।
यता आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सामाजिक तथा पछिल्लो समय पार्टीमा सक्रिय भूमिकामा देखिएका मचिन्द्र शेर्मा, र सन्तोष कुमार मेन्याङ्बो ले उमेद्वारी दर्ता गराएका छन् ।
खस आर्य महिला एक कोटा मा दुईजना महिला नेतृले उमेदवारी दिएका छन् । अन्जु थपलिया र देवीकुमारी ओलीले उमेदवारी दर्ता गराएका छन् ।
यस्तै महिला खुला दुई पदमा धनमाया चिमरिया, लक्खी गणेश र कविता बस्नेतको उमेदवारी दर्ता भएको छ ।
महासमिति सदस्य पदको निर्वाचन २३ गते कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार