स्टडी पार्क बिर्तामोडले झापामै पहिलो पटक कोरियन शैक्षिक मेला आयोजना गर्ने …३० प्रतिशत देखी सत् प्रतिशतसम्म छात्रवृती

0
SHARES
14
VIEWS

स्टडी पार्क बिर्तामोडले झापामै पहिलो पटक कोरियन शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श उपलब्ध गराउँदै आएको दक्षिण कोरिया पढ्न जाने विद्यार्थीहरुका लागि, डिक्युगं युनिभर्सिटीका प्रोफेसरहरुद्धारा मंसिर ६ गते बुधबार बिर्तामोडको सिटि सेन्टरमा सेमिनारको आयोजना गरिएको स्टडी पार्क बिर्तामोडका सञ्चालक उदय काफ्लेले जानकारी दिए । कोरियाबाटै आएका युनिभर्सिटीका प्रोफेसरहरद्धारा कोरियाको शैक्षिक वातावरण, नेपाली विद्यार्थीहरुले पाउने अवसर, त्यहाँको रहन सहन लगायतका बिषयमा जानकारी दिने भएकाले कोरिया जान चाहने नेपाली विद्यार्थीहरुका लागि अवसर रहेको काफ्लेको भनाई छ ।
बिर्तामोड स्थित सिटि सेन्टरको साई पार्टी प्यालेसमा बुधबार बिहान १० बजेदेखी सुरु हुने सेमिनारमा आउने विद्यार्थीहरु यहीँबाटै तुरुन्तै एड्मिसन(स्पोट एड्मिसन) लिन सक्नेछन । त्यस्तै अब्बल नेपाली विद्यार्थीहरुले डिक्युगं युनिभर्सिटीमा ३० प्रतिशत देखी सत् प्रतिशतसम्म छात्रवृती पाउनेछन ।
दक्षिण कोरियामा शैक्षिक शुल्क अन्य देशको तुलनामा न्युन रहेका र काम गर्दै पढ्न सकिने भएकाले कोरिया नेपाली विद्यार्थीहरुको राम्रो गन्तव्य बन्दै जाने स्टडी पार्क बिर्तामोडका सञ्चालक काफ्लको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार