पुर्वान्चल क्यान्सर अस्पतालको निष्कर्ष …पाठेघरको क्यान्सर डरलाग्दो बन्दै… डा विरेन्द्र यादव, भिडियो सहित

पाठेघर र मुखको क्यान्सर नेपालमा डरलाग्दो बन्दै गएको पुर्वान्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विरेन्द्र यादवले बताउनुभएको छ ।आज क्यान्सर दिवसको अवसर पारेर विर्तामोडमा गरिएको र्यालीमा सहभागी हुनुभएका डाक्टर विरेन्द्र यादवले नेपालमा पाठेघरको क्यान्सर तथा पुरुषमा मुखको क्यान्सर डरलाग्दो बन्दै गएको आफुहरुले आजसम्म उपचार गराएको १९ हजार विरामीहरुबाट निष्कर्षमा पुगेको बताउनुभएकोहो ।

पुर्वान्चल क्यान्सर अस्पताल झापाको विर्तामोडमा स्थापना भएसगै कोशी प्रदेशका क्यान्सरका विरामीहरुले समेत राहत र सुविधा पाउन थालेको समेत डाक्टर यादवले बताउनुभएको छ ।आफुहरुले हिजोको दिनमा भारतमा सेवा दिदा समेत नेपाल देखि जाने विरामीहरलाइ हाल फलोअपमा विर्तामोडमा नै सेवा दिने गरेको समेत डाक्टर यादवको अनुभव छ। हाल सम्म अस्पताल सन्चालन भएदेखि १९हजार विरामीले सेवा लिएको अस्पतालको रेकर्डले देखिएकोे हुदां आफुहरुले दिने सेवाले नेपालीहरुलाइ राहत मिलेको डाक्टरको अनुभव छ ।

इलामबाट अस्पतालमा आएको विरामी धमेन्द्र विस्वकर्माले आफुले भाइलाइ यही उपचार गर्न पाएको जानकारी दिदै आफुहरु भारत वा काठमाडौ जानु पर्ने भएकोमा अहिले विर्तामोडमा नै घरको सिहार गर्दै उपचार गर्न गराउन सहज भएको बताउनुभएको छ ।आफुहरु आर्थिक अवस्था कमजोर भएकोले अस्पताल प्रशासन पक्षसगं सहयोग माग्दा छुट समेत पाएको स्मरण गर्दै सेवाले आफुहरु जस्तालाइ सहजता प्रदान गरेको विश्वकर्माले बताउनुभएको छ ।

दिवसको अवसर पारेर विर्तामोडमा सन्चालन रहेको अस्पताल देखि गोमेन्द्र बहुमुखी क्याम्पस,देवी मावि ,सहित पुर्वान्चल क्यान्सर अस्पतालका डाक्टर नर्स तथा विरामीहरुले समेत विर्तामोडमा र्याली निकालेका छन।
अस्पताल परिसरबाट निस्किएको र्यालीले इलाका प्रहरी कार्यलय हुदै विर्तामोडको मुक्ती चोक ,पश्चिम बस स्टेण्ड,भएर वानस्टेप मल अगाडि आएर कोणसभामा परिणत भएको छ।कोणसभालाइ क्यान्सर रोगीहरुले आफनो गुनासोहरु ,सेवाका अनुभवहरु सुनाएका छन भने डाक्टरहरुले अवको दिनमा हुने जोखिमका बारेमा ध्यानाकर्षण गराउनुभएको छ ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञान
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा बिसं २०३९ मा क्यान्सर रोग उपचार शुरु भएको हो । नत्र त्यसभन्दा अघि धनीहरु भारत, बैकंक, सिंगापुर हुँदै अमेरिकासम्म पुग्थे, तर गरीब नागरिक त्यसरी विदेश जाने क्षमता हुँदैनथ्यो । अनि तिनलाई मृत्यु कुर्नुबाहेक अरु विकल्प हुँदैनथ्यो । अब नेपालमै क्यान्सर अस्पताल खुलेका छन्, खुल्दैछन् । समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।

क्यान्सर उपचारका लागि विकीरणहरु प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई ‘केमोथेरापी’ भनिन्छ । ‘केमो’ गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पुनप्र्रयोगका लागि दान दिने गरिन्छ । सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सरविरुद्धको ऐक्यवद्धता जनाउने गरिन्छ ।

हामी नेपाली समय–समयमा निरोधात्मक उपाय निम्ति स्वास्थ्य जाँचमा जाने प्रचलन छैन । नियमित स्वास्थ्य जाँच नगराउँदा क्यान्सर रोग शरीरमा प्रवेश फैलिइसक्ने खतरा रहन्छ । समयमै क्यान्सरबारे जाँच गराउँदा जोखिम मुक्त हुन पनि सकिन्छ । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै नियमित स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ ।

सरकारले विपन्न नागरिकलाई कडा रोग लागेमा ‘राहतस्वरुप’ खर्च पनि छूट दिने या बेहोर्ने गर्छ । सरकारी परिभाषाअनुरुप कडा रोगभित्र क्यान्सर पनि पर्छ । तर रोगीले सकभर नेपालमै उपचार गराउनुपर्छ र मुलुकभित्र उपचार हुन नसक्ने निस्कर्षमा नेपाल मेडिकल बोर्ड पुगे मात्रै विदेश लैजान सकिन्छ ।

अर्कातर्फ नेपालमा स्वास्थ्य उपचार भन्ने बित्तिकै अत्यन्त झर्को लाग्दो र खर्चिलो रुपमा हेर्छौ । तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्यका लागि गर्र्नुपर्छ ।

क्यान्सरजन्य मृत्युको तथ्याकं
अध्यनहरुका अनुसार, संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । शारीरिक तन्दुरुस्ती स्वस्थ्य जीवन निम्ति अनिवार्य तत्व मानिन्छ । क्यान्सरबाट बच्न स्वस्थ आहार प्रमुख आधार मानिन्छ । चिकित्सकहरुको नियमित सुझाव हुन्छ, ‘फाइवरयुक्त, हरियो सागसब्जी, फलफूल, गेडागुडी र सकेसम्म ताजा खानाले शरीरमा क्यान्यरसँग लड्न सक्ने तागत उत्पन्न हुन्छ ।’

हामीले आफ्नो स्वास्थ्य स्वस्थ राख्न किन चिकित्सक सुझाव ग्रहण नगर्ने रु कतिपय रोग सन्दर्भमा नियन्त्रण विधि हाम्रै हातमा हुन्छ र हाम्रै हेलचक्र्याई कडा खाले रोगलाई निमन्त्रणा गरिरहेका हुन्छौ ।

बाँकी क्यान्सरका कारणमा विकीरण अनि अन्य संक्रमण छन् । विकासोन्मुख देशमा भने हेपाटाइटीस बि, सि अनि ‘ह्यूमन प्यापीलोमा’ भाइरसका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सर भने पुस्तैनी रुपमै जिनमा आउने हुन्छ । कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array