हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठले काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
आज विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै सन्चालक श्रेष्ठले आफु र छोरा गौरव श्रेष्ठमाथि आक्रमण भएको बताउनुभएको हो ।
होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको श्रेष्ठको दावी छ ।
माघ २५ गते काँकडभिट्टास्थित होटलमा सन्चालक गौरव श्रेष्ठलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेजमा देखिन्छ ।
कुटपिटबाट उहाँको शरीरमा चोट समेत लागेको भिडियो र तस्विर सार्वजनिक भएको हो ।
होटल सञ्चालकमाथि कुटपिट भएपछि सन्चालकहरुले इलाका प्रहरी कार्यलय काकरभिटामा न्यायका लागि माग गर्दा समेत प्रहरीबाट असहयोग भएको आरोप लगाउनुभएको छ ।
प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो सन्चालक श्रेष्ठले गर्नूभयो
होटलमा देखिएको विवाद र उठेको समस्या समाधान गर्न जिल्ला प्रशसन कार्यलय झापाले उहाँहरुलाई मेचीनगरपालिका पठाएको थियो ।
२६ गतेको छलफल अनुसार होटल सञ्चालक श्रेष्ठ आइतवार काँकडभिट्टा होटल पुगेका थिए ।
उहाँले बताउनुभए अनुसार आज पनि आफु माथि गाली गलौज र कुटपिट भएको आरोप छ ।। मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप हो ।
बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले काँकडभिट्टामा भएको घटनाको भिडियो नै सार्वजनिक गरेर देखाउनुभएको हो । भिडियोमा गौरवमाथि कुटपिट तथा दुव्र्यवहार भएको देखिन्छ ।
आफ्नै होटलको बोर्ड समेत हटाएर न्यू हिकोला लेख्ने काम भएको सन्चालकहरुको भनाई छ । होटल नै घरधनीसहितको समूहले हडप्ने योजना बनाएको सञ्चालक श्रेष्ठको आरोप छ । उहाँले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गर्नुभएको हो ।
घरधनीबाट उल्टै करोडौ रुपैयाँ पाउनुपर्ने दावी गर्दै आएका सञ्चालक देविभक्त श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले हिसाव गर्दा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको पत्रकार सम्मेलनमा बताउनुभएको छ । ।
काँकडभिट्टाको घटनापछि आफ्नो परिवार समेत सुरक्षित जोखिम बढेको र परिवारको सुरक्षा समेत माग गर्नुभएको छ ।
हिकोलामा भएको घटना घरभाडासँग जोडिएको देखिएपछि आफुहरुले बास्तविकता बुझ्न कोशिस गरेको प्रत्यक्षदर्शी डिल्ली घिमिरेले बताउनुभयो ।आफुहरुल्ो दुइ पक्षको विवाद लामोसमय देखि हुदै आएको र सहमतिको प्रयास बारम्वार गरेको घिमिरे बताउनुहुन्छ ।
घरभाडा नपाएपछि सञ्चालक श्रेष्ठलाई भाडा दिन वा घर खाली गर्न काँकडभिट्टाका घरधनी पशुपति दाहालले डेढ वर्षदेखि आग्रह गरेको तर । घर भाडा नपाएपछि आफुले सवै निकायमा उजुरी गरेको तर आफुले कुनै अभद्र व्यावहार नगरेको बताउनुभएको छ ।
आफुले पटक–पटक घर खाली गर्न भन्दा नटेरेपछि यो घटनाक्रम अघि बढेको दाहालको दावी छ ।। दाहालले आफुमाथि अन्याय भएपछि गाउँलेले सहयोग गरेको तर आफुहरुले कुनै बदमासी नगरेको दावी गर्नुभएको छ ।