श्रीमानले अन्य महिलासँग सम्बन्ध राखेको भन्दै झापाकी एक महिलाले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छिन्। २८ वर्षीय माया रम्तेलले नानीसहित आत्मदहको प्रयास गरेकी हुन्। हाल रम्तेलको बिर्तामोडको बिएनसी अस्पतालमा गम्भीर अवस्थामा उपचार जारी छ। माया रम्तेलले आफ्नो श्रीमान अन्य महिलासँग लागेको आरोप लगाउँदै ५ वर्षीय नानी सहित पेट्रोल छर्केर आत्महत्या प्रयास गरेकी हुन्। हाल पाँच वर्षीय नानीको समेत बिएनसीमा उपचार भइरहेको छ।
श्रीमान् अर्कै महिलासंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी बुझिएको छ।

गएराति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया बर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी थिइन् ।

उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको शरीरमा लागेको आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ ।

माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

बोल्न नसक्ने छोरी बर्षा बिकको शरीरको बिभिन्न भागमा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घट्नास्थलनजिकै सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भएर यस्तो निर्णय लिन पुगेको लेखिएको छ ।

श्रीमान् राजनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *