राजकुमार ओली बिर्तामोड झापा।
अर्जुनधारा नगरपालिकाको नगरसभा सम्पन्न भएको छ। आज आइतबार नगरपालिकामा २०८०।८१ को नगर बजेटको लागि नगरसभा सम्पन्न भएको हो। नेपालका उपसभामुख इन्दिरा राना मगरको प्रमुख अतिथ्यमा १४औं अधिवेशन तथा नगरसभा सम्पन्न भएको हो। अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देन को सभापतित्वमा नगरसभा आयोजना भएको हो। अर्जुनधारा नगरका उपप्रमुख खड्ग माया पराजुलीले ७६ करोड २२ लाख रुपैयाँको आयव्ययको अनुमान गरी बजेट स्वीकृति गरिएको जानकारी गराउनुभएको थियो। नेपाल सरकारबाट निशर्त कार्यक्रम बापत रु २८ करोड ३० लाख वित्तीय हस्तान्तरणबाट ५१ लाख विशेष अनुदानबाट १ करोड ४५ लाख सर्सत अनुदानबाट ९० लाख राजस्व बाँडफाँडबापत १२ करोड २० लाख अनुमान गरिएको नगरसभामा पढेर सुनाउनुभएको थियो।
अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देनले पूर्वकै सम्पन्न र समृद्धि नगर बनाउन आफू लागि परेको र आफ्नै नगरको उपसभामुख भएकोले आफ्नो क्षेत्रमा विकास गर्न प्रमुख अतिथि आशा राखिएको बताउनुभएको छ। नेपालका सभामुख देवराज घिमिरेसमेत आफ्नै नगरको संघीय संसद भएको कारणले पनि आफ्नो क्षेत्रका भौतिक पूर्वाधार सडक विकास शैक्षिक गुणस्तर लगायतका क्षेत्रमा छलाङ मार्ने आशा राखेको जानकारी दिनुभएको छ। नगरसभामा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले आफू समेत यही भूगोलको भएकोले यो अर्जुनधारामा विकास गर्नको लागि लागिपरेको बताउनुभएको छ। आफूले चाहेर पनि आफू जन्मेको यो नगरमा भने जसरी विकास गर्न नसकिएको स्मरण गराउँदै सबै पालिकामा समान विकास गर्नको लागि आफूले कडा रुपमा गृहकार्य गरेको बताउनुभएको छ। नेपालका सबै पालिकाहरुमा समान रुपमा आर्थिक लगानी गरिएको आफूले नपाएको हुँदा आफ्नो भूगोलमा भने जसरी पनि आर्थिक विकास गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै लागि परेको बताउनुभएको छ । नगरसभामा उपप्रमुख पराजुलीले शनिश्चरे बजारको व्यवस्थापन बिर्तामोड शनिश्चरे जयपुर सडक, बिरिङखोलाको नयाँ पुल, टान्टिङ खोलाको तटबन्धन लगायतका विषयमा गम्भीर भएर लगानी गरिएको जानकारी सभामा गराउनुभएको थियो। अर्जुनधारा नगरपालिकाका ११ वडाका वडाध्यक्षहरू जनप्रतिनिधिहरू संघसंस्थाका अगुवाहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। नगरसभामा २०८० देखि पाँच वर्षे गुरुयोजना सहितको कार्यपत्र समेत प्रस्ताव गरी पास गरिएको छ। विगत लामो समयदेखि। ठेक्का लागेर पनि बजेट अभावमा सम्पन्न नभएको बिर्तामोड सनेश्वरे सडकको सडक निर्माणलाई आउने जेठसम्ममा सम्पन्न गर्नको लागि सभामुख घिमिरे मार्फत लबिङ गरिएको र बजेट माग गरिएको जानकारी गराइएको थियो।