हिकोला होटल सन्चालन गर्न देवीभक्त श्रेष्ठलाइ अदालतको आन्तरिम आदेश

झापाको काकरभिट्टामा रहेको होटल हिकोला हेरिटेज सञ्चालनका लागि व्यवशायी देवीभक्त श्रेष्ठलाई उच्च अदालत बिराटनगरले बाटो खोलिदिएको छ । उच्च अदालत बिराटनगरले होटल सञ्चालन गर्न दिनु भनि घरधनी विष्णुमाया श्रेष्ठ दाहालका नाममा आइतबार अन्तरिम आदेश जारी गरेको हो । अदालतका न्यायाधीश किरण पौडेलको इजलासबाट उक्त आदेश जारी भएको हो ।


व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठ दाहालको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो । सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी दाहाल र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले हाल होटलमा तालाबन्दी गरेको छ । सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठ दाहाललाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो ।

अदालतले मुद्धाका दुबै पक्षलाई छलफलका लागि बोलाउँदै यही फागुन १३ गते पेशी तोकेको छ । उक्त छलफल नहुञ्जेलसम्मका लागि रीट निवेदक श्रेष्ठलाई होटल चलाउन दिन अन्तरिम आदेश जारी भएको छ । अदालतले निवेदकको माग बमोजिम परामादेश र निषेधाज्ञा जारी किन नगर्ने भनेर घरधनी बिष्णुमाया श्रेष्ठ दाहाललाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आफुसंग भएको सम्पूर्ण कागजात सहित उपस्थीत हुन समेत आदेश जारी गरेको छ ।setopatrabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array