निर्देशक बनेका थिए। ७ करोड गैरकानुनी सम्पत्ति मुद्दामा विष्टले गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम वन निर्देशकमा फर्किएका छन्। विष्टले ३२ स्थानमा घरघडेरी जोडेका छन्।
तर, भिडियो प्रकरण बाहिरिएपछि जिम्मेवारीविहीन रही सुदूरपश्चिम वन मन्त्रालयमा हाजिर लगाउँदै आएका भट्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेसँगै निलम्बनमा परेका छन्।
लेखा समितिले तीन वर्षअघि नै गरेको थियो विष्ट, भट्टसहित आठ डिभिजनल वन अधिकृतलाई कारबाही सिफारिस
प्रतिनिधिसभाको लेखा समितिले तीन वर्षअघि नै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्ट र पहमानपुरका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसहित आठजना डिभिजनल वन अधिकृतलाई छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।
लेखा समितिले कारबाही सिफारिस गरेकामा विष्ट र भट्टसहित डिभिजन वन धनगढीका तत्कालीन डिभिजनल वन अधिकृत रामचन्द्र कँडेल, कञ्चनपुरका तत्कालीन डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धर, कपिलवस्तुका तत्कालीन डिभिजनल वन अधिकृत ईश्वरी पौडेल, नवलपुरका तत्कालीन डिभिजनल वन अधिकृत विजयराज सुवेदी र सिन्धुलीका अधिकृतद्वय नारायण श्रेष्ठ र पुष्पराज बर्ताैला थिए।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी वन अधिकारीले अस्वाभाविक उच्च जीवनस्तर यापन गर्दै आएको समितिमातहतको उपसमितिले गरेको छानबिनबाट खुलेको थियो। सोही समितिको सिफारिसमा सरकारले तीन वर्षअघि नै वैज्ञानिक वन कार्यक्रम खारेज गरेको थियो ।
अख्तियारले मुद्दा चलाएका भट्टमाथि साझेदारी वनको कटान प्लट निरीक्षण गर्ने क्रममा काठ व्यवसायीसँग मिलेमतो गरी अवैध रुख कटानलाई वैध बनाउने कार्य गरेको उपसमितिको प्रतिवेदनमा पनि उल्लेख छ ।nauapatrika bata