वनमन्त्रीको टोली कन्काई आएपछि मेयरले गरे भव्य स्वागत

0
SHARES
10
VIEWS

हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गर्नुका साथै ध्यानाकर्षण तथा सुझाव गराईएको छ।

हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य मन्त्री कार्की , पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ,पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरेलाई कनकाईको उत्तरी भेगमा वर्षेनी हात्तीका कारण जन-धनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण र रोकथामकालागि गरिएको मुख्य मन्त्रीको यो नौलो प्रयासको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत सहित ध्यानाकर्षण र सुझाव पनि दिनुभएको छ।

कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्य मन्त्री सहित पदयात्रामा संगै हिड्दै कनकाईहात्ती प्रभावित क्षेत्र र यहाँको अन्य समस्या चुरेको संरक्षण , पर्या-प्रयाटन विकास तथा प्रवधन, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्थापन , नदिनाला नियन्त्रणको बारेमा समेत मुख्य मन्त्रीको टोलीलाई ध्यानाकर्षण सहित यी सबै क्षेत्रको विकासका लागि सुझाव पनि दिनुभएको थियोे ।

आज कनकाई नगरपालिका १ स्थित प्रजापती सामुदायिक वन उत्तरमा रहेको पर्यटकिय स्थल खानेपानी ट्याङकी परिषरमा भएको एक कार्यक्रमकाबिच नगर प्रमुख पोखरेल, प्रजापति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मातृका प्रसाद पोखरेल , कनकाई वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल , वन समुहका सचीव कनकाई वडा १ न वडा सदस्य हरिकुमार राई, निर्मला खड्का , संगिता ल्वागुन , दलबहादुर थापा, विभिन्न संघ सस्था टोल तथा वन समुहका पदाधिकारी लगायतले मुख्य मन्त्री कार्की , पर्यटन वन तथा वातावरण मन्त्री उप्रेती ,पर्यटन वन तथा वातावरण सचिव घिमिरे लगायतलाई संयुक्तरुपमा ध्यानाकर्षण तथा सुझाव गराइएको थियोे ।

बुधबार हिजो झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गर्नुभएको थियो ।जीव र जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले पदयात्रा गर्नुभएको हो।
हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ ।
पद यात्राका क्रममा आज कनकाई नगरपालिका १ स्थित प्रजापती सामुदायिक वन उत्तरमा रहेको पर्यटकिय स्थल खानेपानी ट्याङकी परिषरमा प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताउनुभयो । उहाँले समाचारकै भरमा मात्रै हात्तीको क्षती कम नहुने भन्दै अहिलेको टोलिले सबै क्षेत्रको सुझाव संङकलन गरि हात्तीबाट हुने बिगार कम गर्न लागिपर्ने प्रतिवध्द्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना प्रदेश सरकारको रहेको पनि सुनाउनु भएको थियो ।

कार्यक्रममा कनकाई वडा १ का अध्यक्ष सुशीलकुमार पोखरेलले हात्तीको क्षतिका साथसाथै यहाँको पर्या पर्यटन , भौतिक पुर्वाधारका क्षेत्रमा पनि नगर र वडाको बजेटले मात्रै धान्न नसकिने भन्दै प्रदेशबाट पनि उक्त शिर्षकका लागि बजेट बिनियोजन गरिदिन आग्रह गर्नुभएको थियोे ।

हिजो बुधबार बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।

कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर हात्ती आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २सय ४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । आजको पद यात्रा झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी क्षेत्र चुलाचुलीसम्म केन्द्रित रहेकोे थियोे ।

समिर आलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार