झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा बिर्तामोडको मुक्तिचोक नजिकै रहेको दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभाका सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री एकराज कार्कीले गर्नूभएको थियो।
सो कार्यक्रममा पेशागत महासंघ कोशी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष देवराज कार्की, जिल्ला अध्यक्ष तुलसी भण्डारी लगायतको आतिथ्य थियो ।
संस्थाका उपाध्यक्ष हरिप्रपाद न्यौपानेले सञ्चालन गरेको सो रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका गर्नृुभएको छ ।
उक्त रक्तदान कार्यक्रममा रक्तदातालाई प्रदान गरिएको प्रमाण पत्रले विशेष चर्चा पाएको छ । रक्तदाताले केही मिनेट अगाडि आफूले रक्तदान गरिरहेको तस्वीर नै प्रमाणपत्रमा राखिनुले विशेष आकर्षण गरिरहेको बताइएको छ ।