अध्यक्ष केपी ओली आज झापा आउँदै

एमाले अध्यक्ष ओली आज झापा जानुहुँदै
11
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०८० चैत १४ गते १०:०८

काठमाडौं, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ । एमाले झापा जिल्लाको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा जान लाग्नुभएको हो ।

एमाले झापाको जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । अधिवेशनको तयारी पुरा भएको र भोलि अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले नेता शिव ढुंगेलले जानकारी दिनुभयो ।

अधिवेशनका लागि प्रतिनिधि छनौट लगायतका सबै काम सकिएको उहाँले बताउनुभयो । अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन गर्ने तयारी रहेको बताइएको छ । सर्वसहमत हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने एमाले झापाले जनाएको छ ।

आज अध्यक्ष ओलीसँग छलफल भएपछि सर्वसहमत कि निर्वाचनबाट नेतृत्व छनौट गर्ने भन्ने टुंगो लाग्ने नेता ढुंगेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array