पत्रकार महासङ्घको अधिवेशन स्थगित हुनु दुखद-पराजुली

नेपाल पत्रकार महासङ्घ झापा शाखा मा देखिएको समस्याले आफूहरू खिन्न भएको प्रेस चौतारीका माई पश्चिमका अध्यक्ष भूमिराज पराजुलीले बताउनुभएको छ।
हिजो सोमबार झापाको बिर्तामोडमा आयोजित १४औं अधिवेशनमा देखिएको गतिविधिले आफूको पत्रकार हरूको संगठन नभएर कुनै जात धर्म वा पार्टीको जस्तो देखिएकोमा आफूलाई दुःख लागेको भन्दै आफ्नो धारणा व्यक्त गर्नुभएको छ। सञ्चार कर्मी पराजुली लेख्छन्—
यो पत्रकारहरुको प्यारो संघठन हो । यसमा पत्रकारले आफ्नो समस्या राख्ने, निराकरण खोज्ने र मन्थन गर्ने एक सम्मानीत थलो हो । तर Fnj Jhapa को आज भएको १४ औ अधिवेशनको खुल्ला सत्र एक राजनैतिक पार्टी वा संघठनको झल्को दिने गरिको भयो । किनकी यहाँ विभिन्न पार्टिका नेता जसले अहिलेका नेतृत्वको प्रशंसा गर्छ उनिहरु भौतिक रुपमा न आए पनि असम्बन्धित ढंगका डिजिटल सुभकामना अटाईदै गर्दा पत्रकारकै कुरा राख्न कुनै पनि संघठनलाई बोल्न समय दिइएन । यसले पनि अहिलेको नेतृत्व पत्रकार भन्दा बढी आफ्ना प्रषंशक बटुल्न उद्दत छ भन्ने कुराको पुष्टि गरेको छ । यस सन्दर्भमा प्रेस चौतारी नेपाल झापाले प्रतिवाद गर्यो । र नेतृत्वले क्षमा याचना गरि अबका कार्यक्रममा पत्रकारका संघठनलाई बाईपास नगर्ने लिखित निर्णय भयो ।

आफ्नो प्रशंसा बटुल्न गरिएको खुल्ला सत्र समापन भएपछि सुरु भएको बन्दसत्रमा एक तिहाई सदस्यको समेत उपस्थित बिनानै अघि बढाउन खोजिएको थियो । यसमा पनि प्रेस चौतारीले अहिलेको नेतृत्वले महासंघको विधि र बिधान मिच्न किन खोजेको भनेर प्रश्न गर्यो । यसमा समेत एक तिहाई उपस्तिथि गराउन नसके पछि अहिलेको नेतृत्वले १४ औ साधारणसभा स्थगित गरायो ।

पत्रकार महासंघ पत्रकारकै सस्था बनाईदिए यस्तो हुदैन थियो । तर यसमा मौलाउदै गएको दलगत तथा राजनैतिक हावीले महासंघको गरिमा घटाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array