झापामा मानसिक स्वास्थ्य सचेतना फैलाउदैं विर्ता लेडी जेसिस

0
SHARES
62
VIEWS

वीरता लेडी जेसीजले मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलसँगको सहकार्यमा लेडी जेसीजले सोमवार सचेतना कार्यक्रम आयोजना गरेको हो ।

समाजमा मानसिक स्वास्थ्य सम्वन्धी समस्या डरलाग्दो रुपमा देखापरिरहेको सन्दर्भमा सचेतना कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
कतिपय मानसिक स्वास्थ्य समस्या नियमित मनोपरामर्शका माध्यमबाट समाधान गर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमका सहभागीलाई डाक्टर सृजना महर्जनले मानसिक स्वास्थ्य, यसको विद्यमान अवस्था, कारण र समाधानका उपाय लगायतका विषयमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारी र सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष संगीता गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

तारा रिजालले आस्था वाचन गरेको कार्यक्रममा दीपा सिवाकोटीले स्वागत गरेकी थिइन् । प्रियंका उप्रेतीले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार