क्रिकेटर लामिछानेका पक्षमा मौन जुलुस

0
SHARES
2
VIEWS

क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले आज शनिबार बिहान बिर्तामोडमा प्रदर्शन गरेका छन् । सन्दीपलाई न्याय दे लगायतका नारा लगाउँदै तथा बिभिन्न नारा सहितका प्ले कार्ड बोकेर न्यायप्रेमी झापाली युवाहरूको समूहले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले बिर्तामोड बजार परिक्रमा गरेका थिए ।

पर्दशनमा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा सहित बिर्तामोड क्षेत्रका अग्रज तथा बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् । लामिछानेले केही दिन अघि आफूलाई फसाइएको दाबी गर्दै मध्यरातमा पीडायुक्त स्टाटस लेखेका थिए । सन्दिपको मुद्दाको पेशी तोकिएपनि पटक पटक सुनुवाई सर्दै आएको छ । क्रिकेटप्रेमीहरुले सन्दिपलाई षड्यन्त्रपुर्वक फसाइएको तर्क गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार