काठमाडौं, ३० वैशाख । नेपाल आइडल सिजन-२ का विजेतासमेत रहनुभएका गायक रवि ओड प्रहरी नियन्त्रणमा रहनुभएको छ ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक ओडले प्रहरीमा आत्मसर्मपण गर्नुभएको हो ।
गत चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिनुभएको थियो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफै उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिनुभएको छ ।
जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।dainiknepalbata