ग्यास व्यवसायी महासंघका अध्यक्षको ट्याक्टरमा ठोकिएर मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१३ पदमपोखरीका ४५ वर्षीय केशव मुडभरी रहनुभएको छ ।

फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कुटी रड बोकेको ट्याक्टरमा ठोकिएर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका स्कुटी चालक मुडभरीको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो ।

धरान चतरा सडकखण्डमा स्कुटी दुर्घटना भएको खबर पाएपछि प्रहरी चौकी झुरझुरेबाट गएको प्रहरीले घाइते मुडभरीलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो ।

ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ किमि उत्तर भोर्लेनीबाट काभ्रेको ताल ढुंगा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नम्बरको रड बोकेको ट्याक्टर रोकि राखेको अवस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर चालक ठोकिएर दुर्घटना भएको आशंकामा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मुडभरी ग्यास बिक्रेता महासंघ नेपाल बागमती प्रदेशका महासचिव, मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष हुनुहुन्थो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array