विएण्डसी मेडिकल कलेजमा १ लाख सम्मको स्वास्थ्य बिमा सञ्चालनमा

वि एण्ड सीले हेड तथा स्पाइनल इन्जुरी भएका संवेदनशिल बिरामीका लागी १ लाख सम्मको स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको छ ।

विपन्न नागरिक औषधी कोष कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यलयको सहयोगमा आजबाट यो सेवा सञ्चालनमा आएको विएण्ड सीका जनसम्पर्क प्रमुख प्रनिस गिरीले जानकारी दिनु भयो ।

गिरीले पूर्वमा हेड तथा स्पाइनल इन्जुरीमा सरकारबाट सुचिकृत हुने संस्था वि एण्ड सी बन्न सफल भएको बताउनु भयो ।उहाँले दुर्घटनाजन्य इन्जुरीलाई मात्रै कार्यक्रमले समेट्ने बताउनु भएको हो ।

न्यरो डक्टर करुणा ताम्राकारले नेपाल सरकारले विपन्न नागरिकलाई हेड तथा स्पाइनल इन्जुरीका निम्ति स्वास्थ्य बिमा दिएको बताउदै कुनै पनि टाउको र स्पाइनको चोटबाट ग्रसित नेपाली नागरिकले यो सेवा लिन सक्ने जानकारी दिनुभएको छ ।

उहाँले सामान्य हेड इन्जुरी देखि सिनिय हेड इन्जुरी सम्मको उपचार गरिने बताउनु भयो ।

त्यस्तै अर्का न्यरो डाक्टर निराजन पराजुलीले स्पाइनल कडको अपरेशनपछी हालिने रड र स्क्रुका लागी यो योजना बिमा भित्र नपर्ने बताउनु भयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै जनसम्पर्क अधिकारी गिरीले चाडै रोकिएको बिमा सेवा सञ्चालनमा आउने बताउनु भयो ।
आउने दिन अस्पताले विमाको सवै सेवाहरु आफ्नो अस्पतालमा शुरु गर्न योजना बनाएको सुचना अधिकारीले बताउनुभएकोहो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array