राजकुमार ओली बिर्तामोड झापा
झापाको बिर्तामोडमा तेस्रो लिची महोत्सव सुरु भएको छ
आज शनिबार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाइले एक कार्यक्रमको बीच श्रीजय डिमलैण्ड पार्कमा पुगेर लिची महोत्सव आयोजना को उद्घाटन गर्नुभएको हो।
झापाका शिक्षाप्रेमी जयनारायण ढुङ्गानाले १५ बिघा क्षेत्रफलमा लगाएको पार्कमा रोपिएका लिचीका फलहरूलाई आफ्नै हातले टिपेर खाने व्यवस्था सहित तेस्रो लिची महोत्सव आयोजना गर्नुभएको हो।
आफूले विदेशमा गरिएको केरा महोत्सव आँप महोत्सव जस्ता महोत्सवहरूलाई नेपालमा भित्राउन अभियान सहित यो कार्यक्रम आयोजना गर्न सकिएको सञ्चालक जय नारायण ढुङ्गानाले बताउनुभयो।
आफूले विगतमा अर्गानिक कृषि क्रान्तिको अभियान सुरु गरेको भएपनि इलाममा चिया खेतीको राम्रो प्रभाव देखिएको र बिर्तामोडमा यस्तो किसिमको महोत्सव आयोजना कहीँ नभएपछि आफूले आफ्नो पार्कमा यस्तो लिची महोत्सव आयोजना गरेको पार्क सञ्चालक अन्जना ढुङ्गानाले जानकारी दिनुभएको छ।
लिची महोत्सवमा बिर्तामोड सहितका अर्जुनधारा भद्रपुर मेचीनगर कन्काई इलामसम्मका लिची पारखीहरूको भिड लागेको देखिएको छ।
लिची महोत्सवमा आफ्नै हातले लिची टिपेर खाँदाको मजा अर्कै हुने र आफ्ना बालबालिकाहरूलाई समेत लिचीको खेती अनि कृषिमा देखिएका अर्गानिक समस्या हरू लाई नजिकबाट नियाल्न पनि यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले बताउनुभएको छ।
स्थानीय क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत रहेका देवेन्द्र हुँमागाईले आफ्ना बालबालिका र विद्यार्थीहरूले समेत कृषिमा कसरी काम गर्न सकिन्छ र लिची जस्ता फलफुलहरुमा कसरी सफलता पाउन सकिन्छ भन्ने उदाहरण पनि यहाँ आएर सिक्न सकिने र पार्क पनि हुन सकिनेले यो महोत्सवको आफ्नै महत्व रहेको बताउनुभएको छ।
महोत्सवमा आएका विद्यार्थीहरुले समेत आफ्नै हातले टिपेर खाँदा छोराछोरीको अनुहारमा बेग्लै खुसीको रौनक देखिने गरेको महोत्सवमा सहभागी संगीता मैनाली बस्नेतले बताउनुभएको छ।
बिर्तामोड ३ मा श्रीजय डिम्ल्यान्ड पार्कमा रोपिएका लिचीका बिरुवाहरूलाई यसरी पाकेको समयमा महोत्सवको रूपमा अभियान सुरु गर्न पाउँदा बिर्तामोड बासीको लागि पनि गर्वको विषय भएको मेयर पवित्रा महतरा पर्सैले बताउनुभएको छ।
आफूले विगत लामो समयदेखि यो पार्कलाई नियालिरहेको र ढुङ्गाना सरले यसरी बजारभित्र नै बगैचा बनाउनु आफैमा राम्रो सन्देश दिने खालको भएको बताउनुभएको हो।
पछिल्लो समय यो पार्कमा ५०० वटा धेरै लिचिका बिरुवा सहित अन्य गरी फलफुलका ४५०० धेरै बिरुवा रोपिएका छन्।
बिर्तामोड को भाटभटेनीबाट दुई किलोमिटर दक्षिणमा सुरु गरिएको यो श्रीजय डिम्ल्यान्ड पार्कमा नौ तलाको धरहरा समेत बनाइएको छ।