जामुनबारी सिमसारमा मिडिया सम्मेलन सम्पन्न

झापाको जामुनखाडी कन्काईमा नेपाल पत्रकार महासंघ झापा शाखाले १ दिने मिडिया सम्मेलन सम्पन्न गरेको छ ।

संघीयतामा सञ्चार निती नियत, नियती भन्ने मूल नारा सहित आयोजित कार्यक्रममा डिजिटल पत्रकारिता र यसको चुनौतीका सम्बन्धमा परार्मश सहितको सामूहिक बहसको आयोजना गरिएको थियो ।

कार्यक्रमको दोश्रो श्रङखला बरिष्ठ पत्रकार शिव गाँउलले सहजीकरण गर्नु भएको कार्यक्रममा डिजिटल सञ्चारको उपयागीता र आवश्यकता सम्बन्ध बक्ताहरुले फरक फरक टिप्पणी गरेका थिए ।

कोशी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री रोमबहादुर राणाको प्रमुख आतिथ्यता रहको कार्यक्रलाई झापा शाखा उपाध्यक्ष केशव भट्टराईले स्वागत गर्नू भएको थियो ।

कार्यक्रममा कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, सूचना विभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्व अध्यक्ष धर्मेन्द्र झा लगायत जवाफदेही बक्ताको रुपमा पत्रकारहरुको प्रश्नको उत्तर दिएका थिए ।

पत्रकारितामा देखिदै आएको चुनौती र समाधानका सवालमा सधन छलफल गरिएकाे कार्यक्रममा पत्रकार एवं पूर्व अध्यक्ष शिव गाँउलेले सहजीकरण गर्नु भएकाे थियाे ।

अन्तरसंवाद कार्यक्रमका बिच डिजीटल मिडियाको प्रयोगका सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो ।

पत्रकार एवं पूर्व अध्यक्ष शिव गाँउलेले संघीयता र प्रेसको अवस्था सुधार्न आफैलाई चिमोटेर सुरु गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

उहाँले पत्रकारको नाममा सूचना दिएर समाचारको परिभाषा दिने प्रथाको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश भरीका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।कार्यक्रमलाइ सफल बनाउन कनकाइ नगरपािलकाले विशेष भुमिका खेलेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array