नेकपा एमाले गौरादह कमिटीको अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित

गौरादह,जेठ ७
नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो अधिवेशनले गजेन्द्र घिमिरेलाई अध्यक्ष निर्वाचित गरेको छ । झापाको गौरादह स्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनको निर्वाचनमा दुई प्रतिष्पधीलाई पराजित गर्दे घिमिरेले४सय६१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । उहाँका प्रतिदन्द्धीहरु प्रकाश पराजुलीले ३सय७३ मत र दुर्गा गौतमले १सय ९३ मत ल्याएका छन् । घिमिरे यस अघि नगर कमिटीको कार्यबहाक अध्यक्ष रहेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गृह नगर गौरादह नगर कमिटीको उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भएको एमाले झापा सदस्य समपर्ण खतिवडाले जानकारी दिनु भयो ।

सचिवका उम्मेद्धवार अमर अधिकारीले४सय७८ मत ल्याएर विजयी भएका छन् । सचिवका उम्मेद्धवारहरु निर्मल बास्तोलाले २सय७१ मत र झरेन्द्र खतिवडाले२सय५९मत ल्याएका छन् ।

उपसचिवका उम्मेद्धवार क्रान्तिदिप काफ्लेले ६सय५९ मत ल्याइ विजय भएका थिए । अन्य उपसचिवका उम्मेद्धवार ओम प्रकाश निरौलाले ५सय८५ मत,खेमराज अधिकारीले १सय४७मत,चेतबहादुर थापा(प्रकाश)१सय४९मत,मात्रिका भटराईले २सय३ मत र विनोद अधिकारीले १सय३३ मत प्राप्त गरेका छन् ।
७५ सदस्यीय नगर कमिटीका अन्य पदमा भने सर्वसम्वत नेतृत्व चयन भएको प्रमुख निर्वाचन अधिकृत बुद्धिमान कार्कीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array