बिर्तामोड झापा
पराग पान मसलामा तामाको तारा भेटिएको छ।
भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको हो ।

बिर्तामोडका एक ग्राहकले बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।
अहिले ती ग्राहकको घाँटीमा समस्या देखिएको छ।
तामाको तारले घोचेको हुन सक्ने चिकित्सकले बताएका छन्।

घिमिरेले भने, ‘हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म बान्ता भइसकेको घिमिरेले बताए
पछिल्लो समय अनुगमनको नाममा खबरदारी नहुँदा उद्योगहरूले हेलचक्राई गर्ने गरेको र ग्राहकको स्वास्थ्यमा खेलबाड हुने गरेको पाइएको हो।
उक्त घटनाप्रति उद्योग विभागले अनुसन्धान गरी कारबाही गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *