यसरी हत्या गरे विष्णुमाया बिष्टको चार जना छिमेकीले

११ः४५ बजेतिर छिमेकीहरु आआफ्नो घर गएपछि गंगाप्रसाद र महेश पुनः विष्टको घरतर्फ लागेका थिए । गंगाप्रसाद कम्पाउन्ड नाँघेर विष्टको घरभित्र पसे भने महेश बाहिरै बसेर रेखदेख गर्न थाले ।

त्यसपछि घरको पूर्वतर्फ रहेको शौचालयको पछाडि झोला राखेर उनी बसेका थिए । बैशाख २६ गते बिहान १२ः १० बजेतिर विष्टले घरको बाहिरको बत्ती बालेर ढोका खोलेर शौचालय जाँदा शौचालयको पछाडि लुकेर बसेका गंगाप्रसाद ढोकामा रहेको रड लिएर भित्र छिरेका थिए ।

एक घण्टासम्म कोठाभित्रै खाटमुनि लुकेर बसेका गंगाप्रसाद विष्ट सुत्ने बेला बाहिर निस्कँदै गर्दा विष्टले देखेकी थिइन् । विष्टले चोर आयो भनी गुहार माग्दा गंगाप्रसादले आफूसँग भएको रडले विष्टको टाउकोमा तीनपटक प्रहार गरेका थिए ।

त्यसपछि विष्टलाई भुइँमा लडाएर विष्टले लगाएको सुनका गहना निकालेका थिए । सोही रडले कोठाभित्र रहेको दराज फोडेर उनले सुनका गहना र मोबाइल आफूसँग भएको कालो झोलामा हालेका थिए ।

गंगाप्रसाद बिहान २ः४५ विष्टको हत्या गर्दै चोरी गरेर आफ्नो घरमा गएर पुगेर मोबाइल अफ गरेर सुतेका थिए ।

घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी झापा र इलाका प्रहरी अनारमनीका १४ जना प्रहरी खटिएका थिए ।

प्रहरीले आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर विष्टको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने धनबहादुर चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ । झापा टुडेबाट सभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array