राजकुमार ओली
योग शिविरले देवी पन्चकन्याबासीहरु उत्साहित देखिएकाछन ।
देवी पन्चकन्या टोल विकास सस्थांले विर्तामोडमा शूरु गरेको योश शिविरमा सहभागीहरुले आफुहरु उत्साहित भएको र आउने दिनमा यो स्थानलाइ ध्यान केन्द्र सगँ जोडदै अघि बढन सके झन सफलता मिल्ने बताएका हुन
।विर्तामोड १ को देवी पन्चकन्या टोल विकास संस्था तथा देवी पञ्चकन्या कीर्तन समाज को संयुक्त आयोजना ,पतन्जली योग महिला नगर समिती अर्जुनधारा को प्रशिक्षण सहयोग योग शिवीर आयोजना गरिएकोहो ।एक महिना सम्म आयोजना गर्ने लक्ष्य राखिएको योग शिवीर हिमाल सागर पार्टी प्यालेसमा सन्चालन भैइरहेको आयोजकका रमनदाश सिटौलाले जानकारी दिनुभएको छ ।
पार्टी प्यालेसले आफुहरुको अभियानलाइ साथ दिदै निशुल्क रुपमा हल उपलव्द गराएकोले टोल विकास तथा पतन्जली योग नगर समिती अर्जूनधारा उत्साहित भएको बताएकाछन ।
हिमाल सागर पार्टी प्यालेसलाइ सन्चालक तथा नेपालम पुर्व प्रहरी सघंठन झापाका बरिष्ठ उपाध्यक्ष देवी प्रसाद सग्रौलाले आर्थिक गरि निशुल्क उपलव्द गराउनुभएको आयोजकले बताएको छ योग शिवीर गत जेठ १ गते बाट शुरु भएको र गत १५ गते एक भव्य कार्यक्रम आयोजना गरि उद्घाटन गरिएको थियो ।
टोल विकासका अध्यक्ष रमनदास सिटौला को अधक्ष्यता मा भएको उद्घाटन समारोहलाइ , बिर्तामोडका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेले सम्वोधन गर्दै अवको समय भनेको योग ध्यानबाट मात्रै मानसिक तथा अन्य समस्याहरुको निरुपण गर्न सकिने भएकोले यो अभियानलाइ विर्तामोड नगरपालिकाले साथ दिने बताउनुभएको छ । उद्घाटन समारोहलाइ संस्थाको उपाध्यक्ष कविता पौडेलले सन्चालन गर्नभएको थियो भने शाव्दिक स्वागत संस्थाका सदस्य तारा गौतम ले गर्नुभएको थियो।
।
शिविरलाइ योग प्रशिक्षक शारदा कोइराला कल्पना ढुंगानाले प्रशिक्षण दिइरहनुभएको छ भने दैनिक १सय ४५ जना सम्म सहभागी हुने गरेको आयोजकले बताएको छ ।प्रशिक्षण असार १ गते सन्चालन गरिने आयोजकले बताएको छ ।