पारिवारिक निजी वन सघं एफोनले बुझायो मन्त्रालयमा २२ वुंदे ज्ञापन पत्र —सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी

राजकुमार अ‍ोली विराटनगर

पारिवारिक निजी वन सघं नेपालले कोशी प्रदेश सरकारलाइ २२ वुंदे ज्ञापन पत्र वुझाँएकोछ ।

आइतवार कोशी प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री राम राना मगरलाइ कार्यकक्षमा नै पुगेर २२ वुंदे ज्ञापन पत्र बुझाएको हो ।

मन्त्रालयमा पारिवारिक निजी वन सघले बन किसानको देखिएका समस्या समाधान गर्न नितीगत रुपमा नै सम्वोधन गर्दै बजेटमा समेत एफोनलाइ समावेश गरिनुपर्नेमा ध्यानाकर्षण गराएको कोशीका अध्यक्ष गोपाल भटटराइले बताउनुभयो ।

आउने बजेटमा पारिबारिक वन किसानलाइ पालिका तहँबाट नै बजेटमा व्यावस्थापन हुनेगरि काम गर्न बाताबरण मिलाइदिन लिखित रुपमा अनुरोध गरिएको सचिव मनोज कुमार चौधरीले पुर्वखवरलाइ बताउनुभएको छ ।

ज्ञापन बुझाउन अर्थ मन्त्रलयमा अध्यक्ष भटटराइ सचिव चौधरी सहित कोषाध्यक्ष हिरा श्रेष्ठ तथा जगदिश सापकोटा लगाएतका कोशी प्रदेश कमिटीका सदस्यहरु सहभागिता रेहेको सघंका बरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे खड्काले पुर्वखवरलाइ जानकारी दिनुभएको हो ।

गत १७गते विराटनगरमा भएको दोश्रो अधिवेसनमा समेत आन्तरिक मामला तथा योजना मन्त्रलय एवम बन तथा पर्यटन मन्त्रालयमा आफ्नो मागहरुलाइ लिखित रुपमा नै दर्ज गर्ने र सुनुवाइ नभए आन्दोलनमा उत्रिने तयारी गरिसकिएको र बजेटलाइ पालिका सँग समेत माग गर्ने निर्णय गरिएको कोशी प्रदेशका तत्कालिन सचिव राजकुमार ओलीले जानकारी दिनुभएको हो ।

केन्द्रिय अध्यक्ष जोगराज गिरी ले आफुहरुले नेपालभरका ६८ जिल्लामा आफ्नो शाखा विस्तार भएको र ७ वटै प्रदेशमा आफ्नो मागलाइ लिखित रुपमा नै राख्ने र अभियान सन्चालन गरिने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array