राजकुमार अोली
निचोझोडा सिमसार मेचीनगर
झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिम देखिएको भन्दै विपद व्यावस्थापन समितीले पुर्व तयारी अभ्यास गरेको छ । आज झापाको मेचीनगर १४ मा रहेको निचाझोडा सिमसार परिसरमा पुर्व तयारी अभ्यास गराएको हो ।
नेपाली सेना अरिमदल गण तथा प्रहरी समेतको सहयोगमा निचाझोडा सिमचारमा यस्तो पुर्व तयारी अभ्यास गराएको गणका गणपति तथा कर्णेल प्राजु बस्न्यातले बताउनुभयो आउने हप्ताबाट झापाका मेची कन्काइ विरीड. रतुवा लगाएतका नदीमा अत्याधिक बाढीको बहाव रहने भएकोले पनि आफुहरुले यस्तो अभ्यास गर्नू परेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले बताउनुभएको हो ।
यो वर्ष अधिक पानी पर्ने र जोखिम बण्ने भएकोले पनि विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्न सक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिनुभएको हो ।
जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उनले बताए । उनका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।
यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आंकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।
, ‘समितिले विपद् प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अवलम्बनको तयारी छ ।’ प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको झापाका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिनुभएकोछ ।
जिल्ला विपद् व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ । जिल्लामा धेरै प्रकारका विपद् भएता पनि प्राथमिककरणका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयारी अवस्थामा रहेको लोकराज ढकालले जानकारी दिनुभएको हो । ।
ढकालले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौँ नदीबाट हुनसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभएको छ ।
बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्कअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । विसं २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र छ जना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।