राजकुमार ओली गरामनी
विर्तामोड चोकबाट गरामुनी हुदै भद्रपुर जाने मुख्य सडकको कालोपत्र गर्ने काम रोकिएको छ ।बुधवार राती ८ बजेबाट कालोपत्र गर्ने तयारीको काम मुसलधारे पानी परेपपछि रोकिएको हो ।
आधा रातमा काम गरेको भन्दै स्थानियबासीहरुले समेत अवरोध गर्न खोजेको तर ठेकेदार कम्पनीले आधा रातमा पनि कुनै समस्या नआउने र कालोपत्रे गर्न प्राइम कोट गर्न थालिएको काम असफल भएको हो ।
वितार्मोड ३ को धौला पुल देखि गरामुनी बजार हुदै लेखनाथ चोकको पुर्व चाराली भद्रपुर सडक जोडिएको स्थान सम्म सवा ८ किलो मिटर को ठेक्का लिएको कम्पनीले रातीको समयमा प्राइम कोट गर्न थालेको थियो ।
केही स्थानियहरुको अवरोध को प्रवाह समेत नगरि काम शूरु गरेको भएप्नि मुसलधारे पानी परेको र सवै प्राइम कोट बगाएकोले फेरि सडकको कालोपत्रे गर्ने कामलाइ समय मिलाएर शुरु गरिने सडक विभाग दमकका इन्जिनियर उज्जल खतिवडाले बताउनुभयो ।
५१ करोडमा ठेक्का लिएको कन्टेक कम्पनी प्रालिले समयमा काम नसकेपछि स्थानियवासीहरु आक्रोसित हुदै आएको अवस्थामा आधारातमा कालोपत्रेको काम शुरु गरिएपनि अझ थप अन्यौलता देखिएको हो ा।तर मुसलधारे पानी परेपछि गरिएको सवै प्राइम कोट बगाइदिएको देखिएको छ ।ठेकेदार कम्पनीको इन्जिनियर चौधरीले आफुले जसरी पनि देउनिया पुल सम्मको कालोपत्रे को काम असार भरमा सक्न लागेको र आधारात मा नै भएपनि काम गरेरै छोडने बताउनुभएको छ
आफुहरुले समयमा काम गर्न नसकेपछि तनाव भएको र अवको पुस २९ गते सम्मको म्याद थपिएकोले धौला पुल देखि देउनिया पुल सम्मको कालोपत्रे काम गरिसक्ने चौधरी बताउनुहुन्छ।
यो सडकको गत साउन ५गते समय सकिएको भएपनि म्याद थपेर काम गरिएको हाल सम्म ४५ प्रतिसत मात्रै काम सकिएको सडक विभागका इन्जिनियर खतिवडाले जानकारी दिनुभएको हो ।
यो सडकको नाला सहितकोा साढे ११ मिटर चौडाइको कालोपत्रे गर्ने र सववेस २५ सेन्टीमिटर वेस २० सेन्टीमिटर तथा ५ सेन्टीमिटर अस्फल विधीको कालोपत्रे गर्ने ठेक्का सम्झोता रहेको छ
Discussion about this post