कँडेलको अग्रतालाई तोड्दै कास्की–२ मा विद्या भट्टराईको ३ सय ९४ मतान्तर

0
SHARES
10
VIEWS

यसअघि एमालेको बलियो क्षेत्र मानिएको कास्की–२ मा विद्या भट्टराईले मंगलबार साँझ पहिलोपल्ट अग्रता बनाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रतालाई तोड्दै उनले ३ सय ९४ मतान्तर बनाइन् ।

भट्टराईको ५ हजार ५ सय ८८ मत आउँदा कँडेल ५ हजार १ सय ९४ मत ल्याएर दोस्रोमा छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (एस) का श्रीनाथ बराल २ हजार ९ सय ५४ मतसहित तेस्रोमा छन् ।

राप्रपाका सुवर्णराज पन्तले १ हजार ७ सय ४७ मत ल्याएका छन् । ०७४ मा रवीन्द्र अधिकारी निर्वाचित भएको उक्त क्षेत्रमा उनको निधनपछि पत्नि भट्टराई उप–निर्वाचनबाट निर्वाचित भएकी थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार