झापामा विस्थापित परिवारलाई राख्न आकस्मिक आश्रयस्थल

0
SHARES
8
VIEWS

झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।

सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको जिल्ला विपद व्यवस्थापन समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।

समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्ने सक्ने घरधुरीको तथ्याङ्क संकलन गर्ने, पालिकाहरुमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ ।

झापाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा सातवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको बाँस्तोलाको भनाइ छ ।

उनका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार