महासंघले चुनाव स्थगित गरेपछि प्रेस चौतारी कडा एक्सनमा

0
SHARES
1
VIEWS

श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनका लागि आवश्यक वैधानिक कदम चाल्ने भएको छ ।

महासंघको २७औँ महाधिवेशनले जेठ २६ गते शनिबार (आज)का लागि तोकेको निर्वाचनको मतदान स्थगन भएकोप्रति चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्ति एक विज्ञप्ति जारी गर्नुहुँदै महासंघ नेतृत्वले मतदाता नामावाली विवाद देखाएर निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्दा निर्वाचन अनिश्चित मात्रै होइन कानुनी रिक्तता र वैधानिकताको पनि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभयो ।

‘नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट निर्वाचनका लागि निर्धारित मिति (२६ जेठ २०८१)मा निर्वाचन नगराइएकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ नेतृत्वले ‘मतदाता नामावाली विवाद’ देखाएर निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्दा निर्वाचन अनिश्चित मात्रै होइन कानुनी रिक्तता र वैधानिकताको पनि गम्भीर प्रश्न उठेको छ ।’ अध्यक्ष बस्नेतले विज्ञप्तिमा भन्नुभएको छ, ‘नेपाली श्रमजीवी पत्रकारहरुको मात्रै नभएर आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र गौरवलाई कमजोर बनाउने गरी वर्तमान नेतृत्वको यसप्रकारको बदनियतपूर्ण कार्यको प्रेस चौतारी भत्सर्ना गर्दछ ।’

महासंघको मूल नेतृत्वले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै यसअघिका निर्णय अनुरुप सदस्यता विवाद निरुपण गरेर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन चौतारीले माग गरेको छ । महासंघको गरिमा रक्षा, गौरवमय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ती गोलबन्द भइरहेका श्रमजीवी पत्रकारहरुलाई साथमा लिएर आवश्यक वैधानिक कदम चाल्ने चेतावनीसमेत चौतारीले दिएको छ ।

‘महासंघको मूल नेतृत्वले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै यसअघिका निर्णय अनुरुप सदस्यता विवाद निरुपण गरेर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन चौतारी माग गर्दछ । अन्यथा, नेपाल पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ती गोलबन्द भइरहेका श्रमजीवी पत्रकारहरुलाई साथमा लिएर चौतारीले आवश्यक वैधानिक कदम चाल्ने चेतावनीसमेत दिन चहान्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘भरपर्दो नागरिक संगठनको रुपमा स्थापित श्रमजीवी पत्रकारहरुकोको साझा तथा गौरवमयी संगठनलाई कानुनी तथा वैधानिक रिक्तता उत्पन्न गराएर कमजोर बनाउने सबै प्रकारका षड्यन्त्रप्रति हामी उत्तिकै जानकार छौँ । तसर्थ, आफ्नो स्वार्थ अनुकुल नहुँदा महासंघको मुल नेतृत्वलाई प्रभावित गरी महासंघको गरिमा र गौरवलाई नै क्षति गर्नेगरी ‘नरहे बाँस, नबजे बाँसुरी’ शैलीमा उत्रिएका प्रवृत्तिलाई अस्वीकार गर्दै प्रतिरोधमा उत्रिन तमाम श्रमजीवी पत्रकारहरुलाई अपिलसमेत गर्दछौँ ।’dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार