नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको छ ।

बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले आज बुधबार पर्न गएको १५ औं स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको हो ।

कर्मचारी युनियनले स्थापना दिवसमा बिर्तामोड ४ स्थित लालीगुरांस टोलमा रहेको तारा नमस्ते बाल ग्रामका अभिभावक विहिन बालबालिकाको आँखा जाँच , छाता तथा खाद्ययन्न सहयोग गरेको छ ।

बाल ग्रामका २८ जना बालबालिको आँखा जाँच तथा उनीहरुलाई छाता , चामल, तेल , भुजा, लगायतका सामाग्री सहयोग गरिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रिय सचिव तथा महिला बिभाग प्रमुख कबिता कार्की कडरियाले जानकारी दिइन ।

उनले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रत्येक बर्ष यस्ता प्रकारका सामाजिक कार्य गर्दै आएको जानकारी दिइन् ।

कर्मचारी युनियनका अध्यक्ष होमप्रसाद धितालको अध्यक्षता तथा कर्मचारी युनियन केन्द्रिय सचिव तथा महिला बिभाग प्रमुख कबिता कार्की कडरियाको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तानतरण कार्यक्रममा कर्मचारी युनियन उपाध्यक्ष रमेश सापकोटाले स्वागत गरेका थिए ।

कर्मचारी युनियन सचिव पुष्प अधिकारीले सञ्चालन गरेको कार्यक्रममा तारा नमस्ते बाल ग्रामको सञ्चालक यसोदा पोखरेल चापागांइले कर्मचारीले गरेको सहयोग प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन ।
बालबालिकाको कबिता कार्की कडरीया, होमप्रसाद धिताल, नेत्रा अधिकारी , लगायतको टोलीले आँखा जाँच गरेको थियो । त्यस्तै कर्मचारी युनियनले स्थापना दिवसमा केक समेत काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *