सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले नेपाल–चीन सीमाको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको छ ।
रुइलाभन्ज्याङको ३५ नम्बर सीमास्तम्भ क्षेत्रमा बिहीबार सशस्त्र प्रहरी बल नेपाल वीओपी साम्दो र चिनियाँ प्रहरीको टोलीले संयुक्त रुपमा सीमा सुरक्षा गस्ती गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका डीएसपी सुमन बोगटीले बताए ।
जेठ १३ गते चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (वीओपी) स्थापना भएको थियो । वीओपी स्थापनापछि पहिलो पटक संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको हो ।
नियमित सम्पर्क र समन्वयमा रही सीमा क्षेत्रको अपराध, चोरी निकासी नियन्त्रणमा आपसमा सहयोग गर्ने प्रतिबद्धतासमेत गरिएको उनले बताए । सशस्त्र प्रहरी बल नेपाल वीओपी साम्दोबाट चीन सीमा क्षेत्रमा रहेको रुइलानाका १५ किलोमिटर दूरीमा पर्छ ।ekantipurbata savar