भगवती प्रसाईको रहस्यमय मृत्युपछि परिवारले गर्यो हत्याको आशंका

राजकुमार ओली। बिर्तामोड

बिहीबार जंगलमा मृत अवस्थामा भेटिएकी भगवती प्रसाईको मृत्युलाई परिवारले रहस्यमय भनेको छ।

भगवती प्रसाईको बिहिबार बिहान झापाको झिलझिले जङ्गलमा झुन्डेको अवस्थामा लास भेटिएको थियो।

बुधबार बेलुका बिर्तामोड १ बाट हराएकी ३८ वर्षीय भगवती प्रसाई नफर्केपछि आफन्तले बेलुका नै प्रहरीमा खबर गरेका थिए। तर भोलिपल्ट बिहान झापाको शिव शतासी झिलझिले को जङ्गलमा झुण्डिएको अवस्थामा सब भेटिएको थियो।

शकुन्तलाको आँखा फुटेको अवस्थामा र ढाडमा खुट्टामा चोट भएको अवस्थामा सब भेटिएको ।आफन्त देवर केशव मैनालीले बताए ।
प्रसाईको बुधबार खाना खाएर बिर्तामोड चोक आएको तर बेलुका नफर्केपछि परिवारले खोजतलास सुरु गरेको थियो।

डोरीको पासोमा जंगलमा मृत भेटिएकी भगवतीको मृत्युलाई हत्याको रुपमा हेरेको आफन्त कुलप्रसाद ओडारीले पूर्व खबरलाई बताउनुभयो
भगवती प्रसाईको बिर्तामोड १ स्थित मुसिचोक मा घरसँगै जमिन जोडिएका सधियार न्यौपाने थरका पुरुष मानिसले घरमा बारम्बार धम्की दिने गरेको मार्छु परिवारलाई भन्ने गरेको र उनै न्यौपानेप्रति आशंका रहेको आफन्तहरूले बताएका छन्।

भगवतीका श्रीमान खड्ग प्रसाई वैदेशिक रोजगारको लागि बाहिर गएको र उनी नभएको मौका छोपी। उक्त छिमेकी घरमा आउने र अनेक हर्कत गर्ने गरेको ले उनै न्यौपानेमाथि आशंका गरी जाहेरी समेत हालिएको आफन्त केशव मैनालीले बताए।
सिमानामा र अन्य आर्थिक कारोबारमा समेत जोडिएका न्यौपाने थरका उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ।

मृतक प्रसाईको आँखा फुटेको अवस्थामा सब भेटिएको तथा ढाड र खुट्टामा निलडाम देखिएको आफन्तले बताएका छन्

बिहीबार बिहान जङ्गलमा सब भेटिएपछि मृतकको श्रीमान शुक्रबार नेपाल आएको र हिजो नै कन्काई माईमा अन्त्येष्टि गरिएको परिवारले बताएको छ। मृतक प्रसाईका दुई छोरा छन् भने हिजोबाट बिर्तामोड १ को मुसीचोकमा अन्तष्टि सुरु गरिएको छ।

उक्त घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको र पोस्टमार्टमको रिपोर्ट आएपछि थप रहस्य खुल्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array