राजकुमार ओली काठमाडौँ।
प्रवासी नेपाली मञ्च इजरायलले आठौं स्थापना दिवसको अवसर पारेर अटिजम स्कुललाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
आइतबार काठमाडौँको नरेफाट स्थित अटिजम स्कुलमा पुगेर मञ्चले आर्थिक सहयोग गरेको हो।
प्रवासी नेपाली मञ्च इजरायल को राष्ट्रिय कमिटी को आठौं स्थापना दिवस को अवसर पारी नरेफाँटको विशेष स्कुल तथा पुनर्स्थापना SSDR का केन्द्रीय अध्यक्ष सविता उप्रेती को हातमा उक्त रकम प्रदान गरिएको मञ्चका विन्दु घिमिरेले पूर्व खबरलाई बताइन्
विगतमा लामो समयदेखि समाजसेवामा र नेपाली भाषीहरूको सेवामा सक्रिय भूमिका खेल्दै आएको प्रवासी नेपाली मञ्च इजरायलले यो अटिजम भएका बालबालिका को आश्रय स्थलमा सहयोग गर्नु आफ्नो आफ्नो जिम्मेवारी भएको केन्द्रीय अध्यक्ष गीता सुवेदीले रकम हस्तान्तरण कार्यक्रममा बताउनुभयो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको विशेष सहयोगमा तथा अभियानकर्मी अविकेश्वर ओली को सहयोगमा कार्यक्रम आयोजना गरिएको मञ्चका विशा गुरुङले जानकारी दिनुभएको छ।
रकम हस्तान्तरण कार्यक्रममा मञ्चका इन्चार्ज ज्योति शर्मा बिन्दु घिमिरे गीता सुवेदी गणेश बस्नेत सविता उप्रेती लगायतले प्रवासी नेपाली मञ्चले यस्तै असहज भएका स्थानमा सहयोग गर्न लक्ष्य बनाएर कामहरु गरिरहेको स्वागत मन्तव्यमा आफ्नो विचार राख्नुभएको थियो।