लागू औषध भन्ने बित्तिकै हामी ले सरल रुपमा लिदा लाग्ने लट्ठाउने , मताउने , झुम्म बनाउने ,व्यवहार परिर्वतन गर्ने नसालु पदार्थ हुन भन्ने बुझिन्छ।अथवा मानिसले प्रयोग गर्ने कुनैपनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्र्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ।
यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउदछ। विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागु औषध भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागु औषध तथा मनोद्दिपक पदार्थ (Phychotropic Substance) लवर्ण तथा अन्य पदार्थ सम्झनु पर्दछ।
aawash
नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । तर लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको छ ।बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरहेका छन्।भबिस्यका कर्णधार वर्तमान का शृजनशिल यूवा यूवतिहरु लागु औषध जुठाउनको लागी चोरी, डकैति, लुटपाट, हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका तथ्यहरु सार्वजानिक भै रहेका छन् तर चासो कसले लिने सरकार सत्ता को जोडघटाउ, आफैमा भ्रष्ट छ दिगो विकास र शुसासनको अभाव छ। अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठुलो क्षति हुन पुग्दै छ। अर्कातिर लागु ओषधका कारोबारी तस्करी राज्यलाइ आफ्नो पंहुचमा लिइ उनिहरुले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन्।
यी सवै कारणहरुले लागु औषध दुरुपयोगलाई नियन्त्रण गर्नु अनिवार्य भएको छ, जनता, नागरिक समाज किन मौन ?
हुन त लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसारलाई अन्तर्राष्ट्रिय रुपमै अपराधको रुपमा हेरिन्छ । लागु औषध दुरुपयोग कुनै एक देशको सीमाभित्र मात्र सिमित रहदैन, यस्को उत्पादन, ओसार–पसार, विक्री वितरण र प्रयोग बिभिन्न मुलुकका बिभिन्न स्थानमा हुने भएकोले यसलाई नियन्त्रण गर्नुमा विश्वकै चासो रहने गरेको छ।
मुलत : नेपालमा प्राचिनकाल देखिनै जंगली रुपमा उम्रिएका गांजाका बोट तथा यसका पातबाट बनेको पदार्थलाई जोेगी सन्यासीहरु तथा सर्वसाधारणले शिवरात्री, होली जस्ता पर्वहरुमा रमाइलोका लागि मात लाग्ने वस्तुको रुपमा प्रयोग गरी आएको पाइन्छ। १९६० को दशकमा नेपालमा हिप्पीहरुको आगमन भएपश्चात् नेपालका युवायुवतिहरु लागु औषधको दुरुपयोगमा नराम्रो संग फस्न पुगे। विगतमा गांजा, चरेस, हेरोइन जस्ता पदार्थमा सिमित यो दुर्व्यसन को प्रवृत्ति सन् १९९० पछि सुइको माध्यमवाट लागु औषध लिने संख्या तर्फ वृद्घि भैरहेको छ। साथै अन्तर्राष्ट्रिय वजारमा नेपालमा उत्पादित गाँजा तथा यसबाट वनेको चरेसको बढ्दो अवैध मागले गर्दा गांजा अफिमको अवैध खेती गर्ने प्रचलन बढेको पाइन्छ। लागु औषध को दुरुपयोग तथा ओसार–पसार केही अफिमजन्य खोकी औषधी र मनोद्वीपक औषधिमा सिमित रहेकोमा लागुऔषध तथा मनोद्वीपकको दुरुपयोग बढ्दो रुपमा पाइन्छ। यसका साथै लागुऔषधको ओसार–पसार तथा विक्री वितरणमा लागेका संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहले नेपालमा हवाईमार्गवाट तथा स्थलमार्गवाट लागु पदार्थ भित्र्याउने र विश्वबजारमा पुर्याउने गरेको पाइन्छ। यो कार्यमा नेपालको भैगोलिक अवस्थिति र लागुपदार्थ उत्पादन र ओसार–पसारमा न्यमिभल Golden Crescents रुपमा नाम कमाएका मुलुकहरु पकिस्तान, अफगानिस्तान र इरान तथा Golden Triangle को रुपमा नाम कमाएका मुलुकहरु थाइल्याण्ड, लाओस र म्यानमार नजिक भएको कारणले सो कार्य गर्न सजिलो भएको हो। लागु औषधको बढ्दो प्रयोगबाट युवाहरुलाई जोगाई राष्ट्र निर्माणमा सरिक गराउन तथा अन्तर्राष्ट्रिय रुपमा यसको नियन्त्रणका लागि जनाइएको प्रतिबद्धता अनुरुप नेपाल सरकारले काम गर्न सकिरहेको छैन।
केही कार्यहरु चाहिँ नभएको पनि होइन ।
नेपालमा गाजा चरेश जस्ता पदार्थ खुल्ला रुपमा प्रयोग बिक्री बितरण गर्नमा लागु औषध (नियन्त्रण) ऐन २०३३ ले प्रतिबन्ध लगाउने काम गरेको छ। गृह मन्त्रालयलाई लागु औषध नियन्त्रणको लागि आधिकारिक निकायको रुपमा तोकेको छ। यस ऐनले खासगरी आपूर्ति नियन्त्रणमा बढि ध्यान दिएकोेछ। नेपालमा लागु औषध अपराधमा संलग्न व्यक्तिहरुलाई लागु औषध अपराध नियन्त्रण ऐन, २०३३ अनुसार कारवाही गरिदै आएको छ। जसअनुसार सन् २०११ मा २१६३ जना, सन् २०१२ मा २६०० जना तथा सन् २०१३ मा २६७३ जना कारवाहीको दायरामा परेका छन्। लागु औषध नियन्त्रण व्यूरोको एक सर्वेक्षण अनुसार काठमाडौंको कारागारमा रहेका कूल बन्दिहरुमध्ये ३३ प्रतिशत थुनुवा बन्दिहरु तथा २०७० मा गरिएको अध्ययन अनुसार कूल कैदिहरु मध्ये २२ प्रतिशत लागु औषध सम्बन्धी अपराधमा संलग्न देखिएको थियो। देशभरीको कारागारमा रहेको कूल बन्दिहरु १६३३६ मध्ये यस अपराधमा मात्र संलग्न २४८७ (१५.३ प्रतिशत) रहेको देखाएको थियो। हाल यो संख्या डेढ गुणा मा तिब्रबृद्धी रहेको विभिन्न पत्र पत्रीका संचार माध्यम र प्रहरी प्रधान कार्यलय बाट प्रकाशित प्रहरी बुलेटिन मा अपराधिक तथ्याङ्गमा हेर्दा पनि बृद्धिदर बढ्दो छ।
लागू औषध दुर्व्यसन एक देस देस को मात्र समस्या नभै विश्वकै साझा समस्याको रुपमा देखा परेको छ। यो लागु औषध दुर्व्यसनको समस्या वाट संसारभर करिव ४४ करोड भन्दा बढी व्यक्तिहरु लागु औषधबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएको अनुमान गरिएको छ, भने नेपालमा केन्द्रिय तथ्याङ विभागववाट २०६३ सालमा गरिएको एक सर्भेक्षण अनुसार कडाखाले लागु औषध प्रयोग गर्नेहरुको संख्या ४६,३०९ पुगेको देखिन्छ। यो संख्या दिनानुदिन बढिरहेको २०६९ को सर्भेक्षणले देखाएको छ। जसअनुसार कडाखाले लागु औषध प्रयोग गर्नेहरुको संख्या ९१,५३५ देखिन्छ । ६ वर्षको अबधिमा ९८ प्रतिशत भन्दा बढेको देखिन्छ भने बार्षिक ११.३६ प्रतिशत का दरले बृदि भएंको देखिन्छ । त्यसमा महिलाको संख्य ६३३० पुगेको थियो।
लागु औषध सेवन कसरी गर्न पुग्छन् ? अहिले सम्मको बिभिन्न २०७६ मा आइपुग्दा यो संख्या १ लाख ३० भन्दा बढी देखाएको छ। हाल ५.५ प्रतिसत ले वृद्धि भएको छ भनी नेपाल सरकार गृह मंन्त्रालय को प्रकासित जीवन अंकमा जनाएको छ। अध्ययनवाट लागु पदार्थको कुलतमा मानिसहरु पारिवारीक समस्या,साथीभाईको संगत, करकापले गर्दा, जिज्ञासु स्वभाबको कारणले,निराशा, असफलताको कारण, बेरोजगारको कारणले,सामाजिक, साँस्कृतिक कारणले तथा नेपालमा लागु औषध सहज रुपमा पाउनाले मानिस सहजै फस्न पुगेको देखिएको छ।
लागु औषध सेवनबाट कस्तो असरहरु देखा पर्छ ?
लागु पदार्थको कुलतमा फस्ने व्यत्तिहरुलाई सुरुमा चिन्न गारो हुन्छ । तर पनि त्यस्ता व्यत्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, कारणविना रिसाइरहने, दैनिक कार्यमा विनासुचना अनुपस्थित भैरहनु, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, पैसा सामान चोरी हुदै जानु, अमिल्दो पहिरण, अमिल्दो कपाल कटाई, घरवाट लुसुक्क वाहिर जानु,कम वोल्ने, झुटो बोल्ने,आखाँ जुधाएर कुरा नगर्ने,राता आँखा, राम्ररी नसुत्ने,साथमा दुर्व्यसन का सामाग्री पाइन सक्छन्।
लागु औषध सेवन वाट कस्ता जोखिमहरु देखिन्छन ?
लागु औषध प्रयोग कर्ताहरुमा विस्तार विस्तार समस्याहरु देखा पर्दै जान्छन्।ध्यान केन्द्रित नभै सिक्ने क्षमता कम हुदै जानु,मानसिक रोगको प्रभाब पर्ने, आत्तिने, मति भ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने,स्मरण शत्ति कम हुदै जाने महिनावारी गडबढ हुने, ग्यास्टीक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एच.आइ. भी., एड्रस तथा हेपटाइटिस जस्तो रोग लागि अन्तमा मृतु समेत हुन पुग्छन्।
लागु औषध दुर्व्यसन सेवन वाट कसरी बच्न र बचाउन सकिन्छ?
घर परिवारले आफ्नो छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरको जानकारी राख्नु पर्छ।बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुर्व्यसन सेवनमा लागिसकेका लाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने,लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सकृय बनाउने, लागु पदार्थका दुर्व्यसन सेवन कर्ता लाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश ब्यापक रुपमा फैलाउन जरुरी छ।
लागुपदार्थकोे दुरुपयोग नियन्त्रणमा लागु औषध नियन्त्रण कार्यक्रमको प्रयास प्रयाप्त छैनन
नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण तथा प्रहरीको कारर्वाही फितलो हुनुको कारणले यो समस्या दिनानुदिन बृद्धि हुँदै गैरहेको छ।यसरी दिनानु दिन बढदै गैइहेको लागु औषध दुर्व्यसनको समस्या समाधान गर्नको लागि सरकार आफैमा प्रष्ट छैन। स्थानिय सरकार,प्रदेश, संघिय सरकार ले कार्ययोजना बनाउन सकेको छैन। हामी सहयोग गर्न सक्छौ चार वर्ष भित्र मा २० प्रतिसत मा ल्याउन सकिन्छ भन्दा पनि सरकार सुन्न तयार छैन त्यसकारण राज्यले यसलाइ झारो मात्र टारेको छ भन्ने प्रष्ट हुन्छ। कस्तो नीति बनाउने भन्ने नै ज्ञान को अभाव देखिन्छ तर स्विकार गर्दैनन। औषध नियन्त्रण कार्यक्रम को स्थापना भएपश्चात् प्रत्येक वर्ष लागु औषध नियन्त्रणको क्रममा माग घटाउने उदेश्यले विभिन्न किसिमका चेतनामूलक कार्यक्रमहरु गैसस मार्फत गाँजा तथा अफिमको सट्टा वैकल्पिक कृषि जागरण अभियान कार्यक्रम तथा लागु औषध दुरुपयोग विरुद्धको अभिमुखीकरण कार्यक्रम लागु औषध प्रभावित जिल्लाहरुमा संचालन गरिदै आएको भएता पनि प्रभावकारी छैनन कार्यक्रम , कार्यक्रमका लागि मात्र सिमित छन। लागु औषध बिरुद्ध जागरण अभियान कार्यक्रम वाग्लुङ, पाल्पा, कपिलवस्तु, कैलाली ,बाँके, रोल्पा, रुपन्देही, दोलखा, धनकुटा र इलाममा प्रभावकारी रुपमा गर्न जरुरी छ।
लागु औषध प्रयोगको कारण, असर र त्यसबाट बच्ने र बचाउने उपायबारे केही कुरा प्रष्ट पार्न सक्नु पर्छ। नेपालमा लागु औषध दुरुपयोग नियन्त्रण गर्नको लागि गृह मन्त्रालयमा लागु औषध नियन्त्रण शाखाको गठन भएको छ। गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण व्यूरोले अपराधिहरुलाई कानुनी कारवाहिको काम गर्दछ भने लागु औषध नियन्त्रण कार्यक्रमले माग घटाउ कार्यक्रम अन्तर्गत विभिन्न कामहरु गर्दै आइरहेको छ तर साधन स्रोत पर्याप्त नहुनु विज्ञ को अभाव हुनु विज्ञसग सल्लाह नलीनु आदिका कारणले नेपालमा ठोस काम हुन सकेको छैन।
बार्षिक स्विकृत कार्यक्रम अनुसार गैर सरकारी संघ संस्थाहरुलाई कार्यक्रम वितरणको लागि आबस्यक कामहरु गर्ने सस्थासग समन्वयन नहुनु, गैससहरुले गर्ने कार्यक्रमहरुको अनुगमन, लागु औषध दुव्र्यसन विरुद्द अभिमुखिकरण कार्यक्रम, लागु औषध प्रभाबित जिल्लामा संचालन गर्ने गाजा अफिमको सट्टा बैकल्पि कृषि जागरण अभियान संचालन गर्ने, लागु औषध दुव्र्यसन विरुद्द चेतनामुलक सामाग्री, श्रव्य दृष्य सामाग्री निर्माण,प्रदर्शन,प्रशारण गर्ने, प्रकाशन गर्ने, बिज्ञापन मार्फत सुचना प्रकाशन गर्ने, लागुऔषध दुव्र्यसन विरुद्द काम गर्नको लागि आबस्यक जनशक्ति बिकासको काम गर्ने, विद्यार्थि, युवाहरु तथा महिला केन्द्रित कार्यहरु गर्ने कार्यहरुमा कन्द्रित रहेको छ। लागुऔषध नियन्त्रण कार्यक्रमले गर्ने उल्लिखित कार्यहरुको अलवा गैससहरु मार्फत संचालिन गरिएका विभिन्न किसिमका चेतनामूलक कार्यक्रम, पूर्व लागु औषध प्रयोगकर्ताहरुको लागि सीपमूलक तालिम, लागु औषध प्रयोगकर्ताहरुको लागि उपचार तथा पुनस्र्थापन सघाउ कार्यक्रममा के ? कसरी संचालन गरिको छ भनी अनुगमन समेत प्रभावकारी हुन सकेन विधिको शासन छैन।
लागु औषध नियन्त्रणमा देखिएका मुख्य समस्याहरु देहाय वमोजिम छन्|
* अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित गांजा तथा यसवाट बनेको पदार्थको बढ्दो माग।
* किसानहरुले अन्य बालिको सट्टा गांजा खेतिलाई सजिलो नगदे बालिको रुपमा लिनु।
* नेपाल लागु पदार्थको उत्पादन तथा ओसार पसारमा गोल्डेन ट्रेङ्गल तथा गोल्डेन क्रिसेन्टवाट नाम कमाएका देशहरुको नजिक रहेकोले लागु पदार्थको ओसार पसार रोक्न कठिन भैरहेको।
* परंपरागत प्रविधिको सट्टा नया प्रविधि अपनाइ लागु पदार्थको उत्पादन, प्रयोग र ओसार पसार बढ्नु।
* Medicinal औषधिहरुको व्यापक दुरुपयोग गर्ने प्रचलन बढ्नु।
* Precursors, Chemicals को आयात इजाजत दिइसकेपछि आयातित बस्तुको प्रयोग तर्फ अनुगमन गर्ने संयन्त्र फितलो हुनु।
* लागु पदार्थको कारोवार गर्ने अन्तराष्ट्रिय गिरोहले नेपाली युवाहरुलाई प्रलोभनमा पारी लागु पदार्थ ओसार पसारमा लगाउनु।
* अशिक्षा, अज्ञानता तथा बढ्दोे शैक्षिक बेरोजगारी।
* सजिलै धन कमाउने बाटोको रुपमा लागु औषध कारोवारलाई अगाल्नु।
* बजेटको कमि, समस्या अनुसार प्राथमिकतामा नपर्नु।
* क्षति न्यूनीकरणको क्षत्रमा बाहेक बैदेशिक सहयोग प्राप्त नहुनु।
आवस्यक सुझाबहरुः
बिश्वकै सामुहिक समस्याको रुपमा रहेको लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार नेपालको पनि प्रमुख समस्या मध्ये एक हो। त्यसैले सरकारले यो समस्यालाई समाधान गर्नेतर्फ प्रथमिकताका साथ अग्रसर हुनुपर्नेमा दुईमत छैन।
लागू औषध दुर्व्यसन समस्या समाधानका लागि देहाय बमोजिमका कार्य गर्नु उपयूत्त देखिन्छ।
* गांजा तथा अफिम खेति गर्ने किसानहरुलाई यो खेति गर्दा हुने बेफाइदाका बारेमा सचेत गराउँदै बैकल्पिक खेति तर्फ अग्रसर गराउन सचेतना तथा सहजीकरण गर्ने।
* प्राकृतिक रुपमा गांजा हुने पहाडी क्षेत्र हरुमा हावापानी सुहाउँदो फलफूल खेती तर्फ प्रोत्साहन गर्नु पर्छ।
* लागु पदार्थबाट धेरैजसो युवाहरु प्रभावित हुने भएकोले विद्यालय तहमा भएको यस विषयको पाठ्यक्रमलाई बृद्धि गर्ने तथा कक्षा ७ देखि प्लस २ का पाठ्यक्रममा पनि यो विषय समावेश गर्नुपर्ने।
* लागु औषध दुरुपयोगबाट हुने सामाजिक समस्याहरुका विषयमा सचेतनामूलक कार्यक्रमहरु पालीका हरुले वार्षिक क्यालेण्डर बनाइ प्रभावकारी कार्यक्रम गर्ने नीति नियम बनाइ कार्यान्वयन गर्ने।
* जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरुमा गै.स.स. नागरिक समाज, टोलविकास संस्था आमा समूह, महिला समूह, वालक्लव वालसंजाल हरुको सहभागिता बृद्धि गरी उनिहरुलाई यस सम्बन्धमा नेतृत्व लिन प्रोत्साहन गर्नुपर्ने।
* बिभिन्न पोस्टर, ब्रोसर, पत्र पत्रिका तथा अन्य संचार माध्यमहरुबाट पनि चेतनामूलक प्रचार सामाग्रीहरु तयार गरि प्रचार प्रसार गर्ने गराउने।
* सरकारी निकायका कार्यक्रमहरुमा समन्वय गरि यी सन्देस हरु लाई कार्यानयन गरिनु पर्ने। एकल वा एकाङ्गी कार्यक्रमहरुवाट यो समस्या समाधान नहुने भएकोले सामूहिक तथा समन्वयात्मक रुपमा कार्यक्रम सञ्चालन गरिनुपर्ने।
* लागुऔषध नियन्त्रण कार्यक्रममा दक्ष, तालिमप्राप्त, पेशाविद् जनशक्तिको व्यवस्था गर्नुपर्ने।
* बढ्दो बेरोजगारी र शैक्षिक वेरोजगारीले गर्दा नैराश्यता ल्याई लागु औषध दुव्र्यसन तर्फ लाग्ने गरेको पाइएकोले रोजगारमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने।
* युवा युवती हरुलाइ खेलकुद, वक्तित्व कला , संगित आदि मा आक्रषित गर्ने गराउने।
* पार्क , खेल मैदान को व्यवस्था नहुनु , विध्यालयका खेलमदान मास्दै भौतिक निर्माण गर्नु ,
* बालबालिकाको हक अधिकर केवल भाषणमा सिमित हुनु, शिक्षा लाइ व्यापारिकरण गरिनु , विध्यालय खोल्न खेल मैदान, पुस्तकालय भवन कक्षा कोठा आदि को कुनै मापदण्ड नहुनु। आदि कारणले गर्दा युवायुवति किसोर किस्वरि दुर्व्यसन मा फस्न पुगेका छन।samaya hakrabata