झापा क्षेत्र नं. २ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी

0
SHARES
20
VIEWS

झापा क्षेत्र नं. २ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी बनेका छन् । घिमिरले उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका छन् ।

घिमिरेले २८ हजार ६९७ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाल २६ हजार ४४१ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै गठबन्धनका तर्फका हरिकुमार रानाले १३ हजार ९२४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७७७ मत प्राप्त गरेका छन् ।

८७ हजार ३१७ मत गणना हुँदा ५ हजार ६९६ मत बदर भएको झापा क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा २ प्रदेश (१) र (२) मा पनि यसअघि नै एमालेका एकराज कार्की र तिलचन पाठक (चिन्तन) पाठक निर्वाचित भइसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार