१०२ वर्षीय हजुरआमा रूपमाया खरेलको नाममा नातीहरुले फलैचा निर्माण गरेका छन।
आज झापा गौरादहका निश्चल र निशान खरेलले आफ्नी १०२ वर्षीय स्वर्गीय हजुरआमाको स्मृतिमा कोटेश्वरमा फलैचा निर्माण गरेका हुन्।
पूर्व न्यायाधिवक्ता एवं अग्नि खरेल समेतकी आमा रूपमाया र बुबा रुपनारायण को नाममा नातीहरू निश्चल र निशान्त खरेलले कोटेश्वरको महादेव स्थान परिसरमा फलैचा निर्माण गरेको नाती पूर्व डिएसपी गोविन्द ओलीले पूर्व खबरलाई बताउनुभयो।
स्वर्गीय रहनुभएका हजुरआमा को स्मृतिमा .आमाको १०२ औं जन्मदिन को अवसर पारी नातिहरूले आमाको सम्झनामा केही गरौँ भने लक्ष्यका साथ यो अभियान सुरु गरिएको परिवार ले बताएको छ।
झापाको स्कुल चौरमा स्थायी रुपमा बसोबास गरेका खरेल परिवारले विभिन्न सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *