सरस्वती मिश्र
सहारा नेपाल साकोसको सेयर पुजी १७ अर्ब रुपैयाँको नजिक पुगेको छ।

आज शुक्रबार सहारा नेपाल साकोस ले जारी गरेको निर्देशन अनुसार सहकारीको सेयर पुजी १७ अर्ब रुपैयाँको हाराहारीमा पुगेको हो।

सहकारीका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी ले सहकारीको सियर पुँजी १६ अर्ब ७९ करोड २७ लाख सात हजार पुगेको र जगेडा कोष १ अरब २४ करोड २ लाख १७ हजार ४३० रुपैयाँ पुगेको पूर्व खबरलाई जानकारी दिनुभएको छ।

नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी बनेको सहारा नेपाल साकोसले आफ्नो कुल संस्थागत पूँजी समेत १२ अर्ब रुपैयाँ पुर्‍याएको छ भने तरलता रकम ४ अर्ब २२ करोड रहेको साकोसका निर्देशक लक्ष्मण खतिवडाले पूर्व खबरलाई जानकारी दिए।

त्यस्तै सहारा साकोसको बाह्य ऋण 0% बनेको छ भने सेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेका छन्


पछिल्लो समय नेपालकै उत्कृष्ट बन्दै आएको यो साकोस जनताको लोकप्रिय सहकारी बनेको छ भने नेपालभरका सहकारीहरूको अवलोकनकर्ताहरूको रोजाई समेत रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *