होटल हिकोलाको विवादमा गृह मन्त्रालयको चासो -अझै निस्किएन निकास ,आइतवार पुन बस्दै छलफल

राजकुमार ओली मेचीनगर
होटल हिकोला हेरिटेजको विवाद अझैपनि निष्कर्षमा पुग्न नसकेको देखिएको छ।

अदालतले दिएको आन्तरिम आदेश समेत कार्यन्वयन नभएको भन्दै चासोको रुपमा हेरिएको यो विवाद मिलाउने गरिएको पहल समेत निष्कर्षमा नपुगेको देखिएको हो ।

होटल हिकोलाको सन्चालक देवी भक्त श्रेष्ठले न्याय माग्दै गृहमन्त्रलय सम्म पुगेपछि यो विवादको विषयमा गृह मन्त्रालयले समेत चासो राखेको देखिएको हो ।

उच्च अदालत बिराटनगरले अन्तरिम आदेश जारी गरेको चार महिना बितिसक्दासमेत कार्यान्वयन नभएको अबस्थामा काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजको विवाद मिलाउन छलफल शुरु भएको थियो ।
छलफलको बाताबरण सौहार्द पुर्ण देखिएपनि निकासमा पुग्न सकेको देखिएको छैन ।दुवै पक्षका आ आफ्ना तर्क र अडानका विच निकासमा पुग्न नसकिएको भएपनि आउने आइतवार पुन सवै कागजपत्र हरु सहितको बसाइबाट निकास निस्कनेमा आसाुबादी भएको छलफलमा सहभागी होटल व्यावसायी सघं झापाकी अध्इक्ष इन्दिरा श्रेष्ठले पुर्वखवरलाइ बताउनुभयो ।

होटल व्यवसायी संघ झापाको पहलमा घरधनी र होटल संचालकबीच अदालतको आदेश कार्यान्वयनका लागि बिहीवार पहिलो चरणको छलफल भएको हो । होटल व्यवसायी संघ मेचीनगरको सभाकक्षमा घरधनी विष्णुमाया श्रेष्ठ दाहाल र होटल संचालक देवीभक्त श्रेष्ठबीच विगतदेखिको विवादलाई नलम्ब्याई अदालतको आदेशलाई कार्यान्वयन गर्दै निकास खोज्ने विषयमा छलफल भएको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले बताए ।
यद्यपि छलफल निष्कर्षमा पुग्न नसकेको उनले बताए । घरभाडाका विषयमा कुरा नमिलेपछि दुवैतर्फका कानुन व्यवसायी र लेखा अधिकृत राखेर हरहिसाव गर्ने गरी पर्सी आइतवार अर्को बैठक राखिएको छ ।

उच्च अदालत बिराटनगरले गत फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले होटल संचालक श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, घरधनी दाहालले होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा गर्दै आएकी छन् । मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलबाट समाधान आउन नसकेपछि होटल सञ्चालक श्रेष्ठ न्याय माग्दै उच्च अदालत गएका थिए ।

अदालतको आदेश चार महिनासम्म कार्यान्वयन नभएपछि होटल संचालक श्रेष्ठ बिहीवार प्रहरी प्रशासनलाई खबर गरेर विवाद भएको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज पुगेका थिए । उनीसंगै होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ , महासचिव शिवराज पौडेल , शनिश्चरे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव प्रधान , समाजसेवी लीला मैनाली , पत्रकारलगायतको टोली गएको थियो । सोही टोलीसंग मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको रोहवरमा छलफल भएको थियो । छलफलमा मेचीनगर होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी, अर्का घरधनी पशुपति दाहाल , होटल संचालक गौरव श्रेष्ठ पनि उपस्थित रहेका थिए ।

अदालतले आदेश दिइसक्दा पनि त्यसलाई कार्यान्वयन गराउन प्रहरी प्रशासनले सहयोग नगरेको होटल संचालक देवीभक्त श्रेष्ठको गुनासो छ । आफूले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामासंग पटक पटक सहयोगको लागि आग्रह गर्दासमेत उनले सहयोग नगरेको श्रेष्ठले गुनासो गरे ।
अदालतको आदेश कार्यान्वयन गराउने सवालमा देवानी मुद्धा भन्दै प्रहरी प्रशासन पन्छिदै आएको छ । अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि मात्र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि चासो राख्दै दुवै पक्षलाई अदालती आदेश पालना गर्न भनेको श्रेष्ठको भनाई छ ।

घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यान्वयनका विषयमा विवाद देखिएको हो । विवाद साम्य पार्न नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको एउटा मध्यस्थता समिति गठन गरेको थियो ।
तर , त्यस समितिले निष्पक्ष रुपमा काम गर्न नसकेको आरोप छ । आइतवारको बैठकमा पनि अदालतको आदेश अनुसार निष्कर्ष ननिस्किएको खण्डमा काँकडभिट्टाको होटल हिकोला हेरिटेजमा आमसभा गरेर घरधनी दाहाललाई पनि सो होटल संचालन गर्न नदिने आफूहरुको कार्यक्रम रहेको श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array