नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको छ । महासंघले आगामी असार २२ गते निर्वाचन हुने तालिका प्रकाशन गरेको हो । महासंघको केन्द्रिय निर्वाचन समितिले शुक्रवार निर्वाचन मिति तथा तालिका सार्वजनिक गरेको हो ।

महासंघले गत जेठ २६ गते तोकेको निर्वाचन मिति सदस्यता शुद्धिकरण नटुङगिएको भन्दै स्थगित गरेको थियो । महासंघको केन्द्रिय निर्वाचन समितिले शुक्रवार असार ७ गते साँझ ८ बजे जारी गरेको निर्वाचन तालिका अनुसार मतदाता नामावली प्रकाशन असार ७ गते साँझ ८ः३० बजे, मतदाता नामावली उपर दाबी विरोध असार ७ गते साँझ ८ः३० बजे देखि २०८१ असार १० गते बिहान १० बजेसम्म, मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते अपरान्ह ४ः बजेसम्म, उम्मेदवारको मनोनयनपत्र दर्ता असार १३ गते विहान १० बजेदेखि अपरान्ह ४ः बजेसम्म छ ।

त्यस्तै उम्मेदवारको नामावली प्रकाशन असार १३ गते साँझ ८ बजे, उम्मेदवार उपरको दाबी विरोध असार १३ गते साँझ ६ बजेदेखि असार १५ गते विहान १० बजेसम्म, उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने असार १५ गते विहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे, मतदान असार २२ गते विहान ९ः०० बजेदेखि अपरान्ह ५ बजेसम्म, मतगणना असार २२ गते मतदानको लागि तोकिएको समय समाप्त भएपछि जारी निर्वाचन तालिका उल्लेख छ ।

जारी निर्वाचन तालिका प्रकाशनमा भनिएको छ ‘निर्वाचन कार्यतालिकामा आवश्यकता अनुसार फेरबदल गर्नु परेमा केन्द्रीय निर्वाचन समितिले फेरबदल गर्न सक्नेछ । सदस्यता नवीकरण र सदस्यता शुल्क बुझाएका सदस्यको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिनेछ । सदस्यता नवीकरण र सदस्यता सम्वन्धित विवादको विषयमा महासंघले उपलब्ध गराएको जानकारीका आधारमा महासंघको परामर्श बमोजिम निर्णय गरिनेछ ।’

जारी निर्वाचन तालिका निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जिवी खनाल, सदस्य सचिव भक्तिराम घिमिरे, सदस्य अरुण पौड्याल, कपिलचन्द्र पोखरेल , देबेन्द्र झाले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *