राजकुमार ओली
अर्जूनधारा
झापाको रणतिनित सडक बिर्तामोड–शनिश्चरे सडक कालोपत्रे शुरु भएको छ ।सभासद देवराज घिमिरे ,लगाएत नगर प्रमुख बलदेव गोम्देनको विषेस सक्र्रियतामा तीन महिना अघिदेखि स्थानीयले सडक निर्माण नभएको भन्दै बन्द गरेको यो सडड आइतवारबाट कालोपत्रे शुरु भएको हो । अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलालगायत जनप्रतिनिधिसहित स्थानीयको पहलमा सडक कालोपत्रे शुरु भएको छ ।
अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिव डेढ किलोमिटर सडक कालोपत्रे शुरु भएको हो ।
प्रमुख गोम्देनले आफ्नो नगरको राष्टिंय गौरवको आयोजना भएकोले पनि आफै लागेर यो सडक कालोपत्रे अस्फल बनाउन लागिपरेको बताउनुभएको छ।
पहिले नै काम सम्पन्न हुने भएपनि अघिल्लो सरकारले आएको बजेट कटौती गरेपछि निक्कै असहज भएको यो सडक सभासद देवराज घिमिरे सभामुख भएपनि सवैको साथमा फेरि बजेट थप्न र पार्न सफल भएर यो विर्तामोड कप्तानबारी सालबारी जयपुर सडक निर्माण शूरु हुन सकेको गोम्देनले बताउनुभएको छ ।
उक्त सडक कालोपत्रेसँगै स्थानीयबासी हर्षित भएका छन् । सडक निर्माण नहुँदा सवारीसाधन उक्त बाटोमा गुड्दा सडक आसपास रहेका स्थानीय धुलैमुलै हुने गरेका थिए । त्यस्तै सडक आसपासका घर, पसल साथै पैदलयात्री, अटो, मोटरसाइकल, साइकललगायतका सवारी साधनमा समेत हिडडुल गर्न धुलोका कारण समस्या हुने गरेको स्थानियवासीहरुको भनाइ छ ।
आफुहरुले लामो समय सम्म धुलो र फोहोर खादै आएको भएपनि अवको दिनमा सहजता हुने आसा पलाएको स्थानियवासीहरुले हर्षित अनुहार बनाउदै बताउनुभएको छ ।
‘पटक –पटक सडक कालोपत्रेको माग राख्दै हामीले बाटो बन्द गर्यौ’ बाटो संघर्ष समितिका संयोजक शिवलाल आचार्यले भने ‘स्थानीयहरुको भेलाले एउटा संघर्ष समिति निर्माण गरेर करिब हामीले तीन महिना अघिदेखि पूर्ण रुपले सडक नै बन्द गर्न बाध्य भयौं ।’ तर, आजदेखि कालोपत्रे शुरु भएकोले स्थानीय खुसी भएको बताउनुभएको हो ।
सडक कालोपत्रेका लागि संघीय सरकारद्धारा बिनियोजित २५ करोड रुपैयाँ अन्तरगत हाल १५६० मिटर सडक कालोपत्रे गर्न करिब १५ करोड ६० लाख रुपैयाँमा सम्झौता भएको शान्ति निर्माण सेवाका सन्चालक फणिन्द्र तिमल्सिनाले बताउनुभयो । उहाँको अनुसार सडक डिभिजन दमकबाट सञ्चालन निर्वाचन रणनीतिक सडक शिर्षक अन्तरगत सडक कालोपत्रे शुरु गरिएको हो । सडक कालोपत्रे नहुँदा स्थानीयलाई निक्कै समस्या भएको र आफुलगायत सरोकारबाला सवैले सम्बन्धीत निकायसँग बार्ता तथा छलफल गरेर कालोपत्रे शुरु गरेको ठेकेदार तिमल्सिनाले निक्कै कष्टका साथ पैसा अभावमा भएपनि काम शूरु गरिएको तर अवको दिनमा पैसा निकासा नभए बाकीं काम गर्न असहज हुन सक्ने बताउनुभएको छ ।
ँँ
सडक कालोपत्रेको प्रबिण मैनाचुली शान्ति जेभी बिर्तामोडसँग सम्झौता भएको सडक डिभिजन दमकका इन्जिनियर उज्वल खतिवडाले जानकारी दिनुभयो । सडक कालोपत्रेको चौडाई ७ मिटर रहने र ४० सेन्टीमिटर मोटो हुने उनले बताउनुभयो । उक्त सडक मौसमले साथ दिए तीन दिन भित्रमा सम्पन्न हुनेसमेत खतिवडाले बताउनुभएको छ