राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीकाे जित सुनिश्चित

0
SHARES
8
VIEWS

जुम्लाको प्रतिनिधिसभाकाे निर्वाचनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीकाे जित सुनिश्चित देखिएको छ । उनले गठबन्धन दलकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गाेमा गाैतम कुँवर र नेकपा एमालेका रतननाथ याेगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् ।

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाही गठबन्धनका उम्मेदवार गाैतमलाई पछि पारेका छन् ।

गौतमले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्।

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८०३ मत प्राप्त गरेका छन् । माओवादीका डा. कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेद्वार बनेका थिए।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४११ मत प्राप्त गरेका छन् । एक हजार ९७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा ४५ हजार ६ सय १४ मत खसेको थियो । अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छkantipurbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार