मरेका मान्छेका नाममा मतपत्र खसालिएको आरोप

0
SHARES
20
VIEWS

सुशील सुवेदी
स्याङ्जा , मंसिर ७

भयरहित , स्वच्छ र निष्पक्ष निर्वाचन हुँदैछ भन्ने सन्देश प्रत्येक नागरिकले फोनमा सुन्दै आएका थिए । त्यसैले २०७९ मंसिर ४ को निर्वाचन धाँधली रहित स्वच्छ हुन्छ भन्नेमा आम मतदाता विश्वस्त थिए । त्यही विश्वास बोकेर आफ्नो मताधिकार प्रयोग गर्न राजु शर्मा(नाम परिवर्तन) जिल्ला बाहिरबाट चापाकोट आए । दिसिङ्कोट आधारभूत विद्यालय कमेरेमा उनको मतदान केन्द« थियो । उनी मतदान केन्द« पुग्दा उनको भोट अर्केले खसाली सकेका थिए । उनी भन्छन् –‘ जनप्रतिनिधि चुन्न पाउने मेरो मताधिकार अर्कैले प्रयोग गर्न मिल्छ र ? ’
राजु मात्रै होइन , चापाकोटको ४ मतदान केन्द«मा मृत्यु भैसकेका ५७ जना र विदेश पुगेका २३० जनाको मत खसेको देखिन्छ ।
अधिकाशं मतदाताले आफूँले मत खसाल्न नपाएको तर आफ्नो मत खसिसकेको गुनासो गर्छन् । यहाँका मतदाता आफ्नो परिचय खुलाएर संचार माध्यममा आउन चहाँदैनन् । आफुलाइ मनपरेको चिन्हमा भोट हाल्न नपाएको गुनासो गर्दै ६५ वर्षिय आमा भन्नुहुन्छ , ‘बाबु घर एक्लैछु , राती आएर घाँटि अँचेटे भने …..।

‘बोले मार्छन मेरो फोटो नखिच्नु है ,’उनी भन्छिन् “ त्यहाँ छाप लगाइदिने अरुनै हुन्छन् हामी त बाक्सामा मतपत्र खसाल्ने मात्र हो । ”

यहाँको ४ वटा मतदान केन्द« यसरी नै कब्जा गरिएको नेकपा एमाले क्षेत्र नं २ ख का उम्मेदवार बुद्धिमान क्षेष्ठको भनाई छ । श्रेष्ठ भन्छन् , “ कुनै मतदातालाई परिचयपत्र वा नागरिकता आवश्यक थिएन । जो आएपनि भोट हाल्न पाउने , हाट बजारको माछा व्यापार जस्तै देखिन्थ्यो मतदान स्थल ।”
यहाँका जनताले गोप्य होइन पछाडि राजनैतिक दलका प्रतिनिधिलाइ देखाएर मतदान गर्नुपर्ने बाध्यता छ । कि उनीहरुले भनेको दलमा भोट हाल्नुपर्यो कि ज्यान जोखिमा राख्नुपर्यो । त्यसैले , यहाँ खटिने प्रहरी , मतदान अधिकृतको मानसिकता नै चापाकोट परियो फर्किन्छ कि फकिन्न भन्दै मतदान गराउन जानुपर्ने बाध्यता छ । यता आफूले रोजेको प्रतिनिधि चुन्न नपाएपछि भोट हाल्न नआउने मतदाता पनि उल्लेख्य छन् ।
चापकोट—३, को दिसीङकोट आधारभूत विद्यालय , वडा नं ४ को राम मन्दिर मावि , वडा नं ५ को दिन दयालु आधारभूत विद्यालय र जन सक्रिय आधारभूत विद्यालयमा बुथ कब्जा भएको क्षेष्ठ बताउँछन् । बुथ कब्जा भएपछि हाम्रा एजेन्ट त्यहाँबाट सहि नगरी हिँडेको श्रेष्ठको दाबी छ ।

दिसिङ्कोट आधारभूत विद्यालय कमेरेमा जम्मा १५६० मतदाता थिए । ८० जना बाँकि राखेर १४८० मत खसालिएको थियो । जबकि यहाँ मृत्यु भैसकेका १४ जनाको नाम समावेस छ भने ३७ जना विदेशमा छन् ।
यसैगरी राम मन्दिर मावि दार्शिङमा १४६६ मध्ये १४३८ मत खसेको छ । यहाँ ३१ जना मृत्यु भैसकेकाको नाम समावेश छ । ४२ जना विदेशमा छन् । यसरी हेर्दा ७३ जनाको फर्जि मत परेको देखिन्छ भने यहाँ २८ जना मतदान नगरेको नाम बाँकि राखिएको छ ।

यस्तै दिन दयालु आधारभूत विद्यालय मतदान केन्द्रमा कूल ४६९ मध्ये ४६० मत खसेको छ । यहाँ पनि १ जना मृत्यु भएको र २० जना विदेशमा रहेका छन् ।

जन सक्रीय आधारभूत विद्यालय चिट्ठीपोखरीमा ९९१ मतदाता मध्ये ८९२ जनाको मत खसेको देखिन्छ । यी मध्ये ११ जना मृत्यु भएका तर नामावलीमा नाम संशोधन नगरिएका मतदाता हुन् । १३१ जना विदेशमा रहेका र ४ जना मतदान केन्द«मा खटिएका कर्मचारीको समेतले मतदान गरेको देखिन्छ । यहाँ ९९ जनाको मत खस्न बाँकि छन् भने १४६ जनाको नाममा फर्जि मत खसेको देखिन्छ ।

नेकपा एमाले सहित ११ दलका उम्मेदवारले धाँधली भएका यी ४ मतदान केन्द«मा पुन मतदान गर्न पाउने माग गरेका छन् । उनीहरुले पुन मतदान गर्नुपर्ने माग राख्दै मतगणना स्थलमा विरोध प्रदर्शन गरेका हुन् । देशभरको नतिजा हेर्दा स्याङ्जामा अस्वभाविक मतदान भएको नेकपा एमालेका केन्द«ीय सचिव .तथा प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार पद्मा कुमारी अर्यालको भनाई छ । उनी भन्छिन् , निर्वाचन आयोगले स्वच्छ निर्वाचन गराउने लक्ष्य बोकेको छ । ९९ प्रतिशत मत खस्दा आयोगले यो विषय निरीक्षण गर्नुपर्छ कि पर्दैन ?

जिल्लामा २ लाख ४४ हजार मतदाता मध्ये १ लाख ४१ हजार मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगमा प्रमाण सहित उजूरी दिएको बताउँदै अर्याल भन्छिन् , “करिव ५७ प्रतिशत मत खसेको जिल्लाको एउटा ग्रामीण बस्तीमा ९९ प्रतिशत मत खसेको विषयमा आयोग के बोल्छ , पर्खेर बसेका छौँ । ”

यी क्षेत्र हरुमा पुन निर्वाच गर्नुपर्ने माग राप्रपाको पनि छ । राप्रपाका प्रतिनिधि सभाका उम्मेद्र लालगोपाल अर्याल भन्छन् , “हामी जित्छौ वा हार्छाैँ ठुलो विषय होइन । तर , हाम्रो जनमत कति छ भने उम्मेदवारले जान्न पाउनुपर्छ । ”

यता नेपाली काँग्रेस सहित ५ दलीय गठबन्धनले मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका उपसभापति समेत रहेका क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार धनराज गुरुङ सहित नेता कार्यकर्ता विरोधमा छन् । गुरुङ भन्छन् , ‘हामीले स्वच्छ निर्वाचन गरेका छौँ । जनताको मत तत्काल गणना हुनुपर्छ । ’
केन्द«ीय स्तरका दुइ नेता विचको प्रतिस्प्रर्धा रोचक बनिरहेको बेला मतगणना पनि रोचक बन्ने भएको छ ।
आ—आफ्नै अडानमा नेपाली काँग्रेस र नेकपा एमाले बसेका छन् । पुन स्याङ्जामा मतदान हुन्छ या मतगणना हुन्छ त्यो निर्णय निर्वाचन आयोगले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार