मेचीनगरमा हात्तीको उपद्रो बढ्दै-गम्भीर घाइते राईको बिएनसीमा उपचार जारी

राजकुमार ओली। बहुवन मेचीनगर

कालिजोडा सामुदायिक वनबाट निस्केको हात्तीले स्थानीय भिममाया राईलाई आक्रमण गरेको छ।

शनिबार राति ९:३० बजे मेचीनगर १२ किरात चोक कि ५२ वर्षीया भीममाया राईलाई घर जाने क्रममा बाटोमा हात्तीले आक्रमण गरेपछि गम्भीर घाइते भएकी हुन्।

गम्भीर घाइते भएकी भीममाया राईलाई बिर्तामोड स्थित बिएनसी मेडिकल कलेजमा आइसियुमा राखेर उपचार सुरु गरिएको छ।

घाइते भीमाया राई आफ्नो पसलबाट घर जाने क्रममा बाटोमा एक्कासी देखिएको हात्तीसँग आमने सामने हुनुभएको थियो।
भाग्ने क्रममा हात्तीले राईलाई आक्रमण गरी घाइते बनाएको हो।
राईको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको र हाल घाइतेको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न श्रीमान डिल्ली राईले पूर्व खबरलाई बताए।

घटना भएसँगै वन डिभिजन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थल पुगी थप क्षति हुनबाट बचाउन पहल सुरु गरेको थियो।
मेचीनगर ३ धरधरेमा केही दिनअघि एउटा हात्ती मृत अवस्थामा भेटिएको थियो भने अहिले उक्त क्षेत्रमा करिब २० वटा भन्दा धेरै हात्तीहरु रहेको र गाउँलेहरू आतङ्कित भएको स्थानीयवासीहरूले बताएका छन्।

यो क्षेत्रमा पश्चिम बङ्गाल र विभिन्न नाकाबाट नेपाल छिर्ने गौडा समेत पर्ने गरेको र यही गौडा हुँदै जङ्गली हात्तीहरू धरान तथा मोरङका विभिन्न जंगलमा जाने गरेको तथा स्थानीय हात्तीहरू र जंगली हात्तीहरू समेत जुध्ने गरेकोले यहाँका स्थानीयवासीहरू निकै चिन्तामा देखिएको पाइएको छ।
डिभिजन वन कार्यालय झापाले स्थानीय गाउँलेहरूलाई हात्तीको त्रासबाट मुक्त गर्नको लागि आफूहरुले सुरक्षाको व्यवस्थापन लाई चुस्त राखिएको तर कम भएका सुरक्षाकर्मीहरूले भनेजस्तो गरी सुरक्षा दिन नसकिरहेको सूचना अधिकारी अन्जना पुरीले जानकारी दिनुभएको छ।
हात्तीको मृत्युपछि उक्त क्षेत्रमा जङ्गली हात्तीहरूले गाडिएको स्थानमा आउने र भएको मृत्युलाई नियाल्दै आक्रमक हुन सक्ने देखिएकोले स्थानीयवासीहरूलाई सचेत रहन हात्ती अभियानमा काम गरिरहेका वडा अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभएको छ।
पछिल्लो समय हात्तीको मृत्युलाई र मानवीय क्षतिको लागि हुने जोखिम न्यूनीकरणको लागि पारिवारिक निजीवन सङ्घले समेत गम्भीर भएर काम गरिरहेको केन्द्रीय अध्यक्ष जोगराज गिरीले जानकारी दिनुभएको छ।
संघले आफ्ना किसानका खेतबारीहरू बचाउन तथा पारिवारिक वन किसान हरूको जोखिम न्यूनीकरणमा गम्भीर भएर भूमिका खेल्न वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण समेत गराएको बताउनुभएको छ।
तर पनि पछिल्लो समय नेपालका पूर्वी नाकाहरूमा हात्तीबाट हुने क्षति कम नभएको ले आफूहरुले सरकारलाई गम्भीर बन्न बारम्बार अनुरोध गरिरहेको संघका न्यायिक तथा अनुशासन आयोगका सदस्य राजकुमार ओली जानकारी दिनुभएको छ।

यस्तै सामुदायिक वन उपभोक्ता महासंघ का केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले आफूहरुले समेत आफ्ना वन सदस्यहरूको सुरक्षाको निम्ति गम्भीर भएर लागि परेको जानकारी दिनुभएको छ।

पछिल्लो समय नेपालमा वन्यजन्तुको शिकार तस्करी र वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणलाई सरकारले गम्भीर रुपमा ध्यान दिनु पर्नेमा भनेजस्तो नदेखिएकोले विज्ञहरुलाई यो विषयमा गम्भीर बन्न जरुरी देखिएको ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array