नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसको सभापति देउपा बीचको भेटलाई लिएर राष्ट्रिय राजनीतिमा तरङ्ग उत्पन्न भएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले साना केही दलहरूलाई साथमा लिएर अघि बढ्ने चर्चा चलिरहेका बेला एमाले र कांग्रेसको यो भेटलाई लिएर काठमाडौँमा तरङ्ग उत्पन्न भएको हो
देउपा र ओलीको भेटघाटपछि पुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र लामिछानेबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गर्नु भएको थियो ।
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ । देउवाले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ । दुई शीर्ष नेताको भेटलाई लिएर माओवादीसहित राष्ट्रिय राजनीति फेरि तरंगित बनेको छ ।
माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ । कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता ओली–देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राख्नु भएको थियो ।
सिंहदरबारमा भएको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिकविषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो ।