बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाईएको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिनुभयो ।
पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले बताउनु भयो ।

स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिवद्धता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा लगायत वडाअध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।
बिर्तामोड नगरपालिकाले यस अघि धर्म, जातजाति, जनसंख्या र स्वास्थ्य क्षेत्रको सम्पुर्ण तथ्याङंकसहितको ुस्वास्थ्य पार्श्वचित्रु पुस्तक समेत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *