झापाको सनिश्चरे अस्पतालमा अत्याधुनिक सेवा सुरु भएको छ।
आज बिहीबार एक कार्यक्रमका बीच अस्पतालमा अत्याधुनिक सेवा सुरु गरिएको हो।
झापा २ का माननीय एवं संविधानसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका बीच अस्पतालको सेवा को उद्घाटन गर्नुभएको हो

नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए ।

उपकरण खरिदमा यस क्षेत्रका सांसदसमेत रहेका सभामुख घिमिरे र उनको सचिवालयले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

न्यून आर्थिक अवस्थाका नगरबासीलाई उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको साटो अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको गोम्देनको भनाइ छ । उनले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *