भोटेकोशी-१ जलविद्युत आयोजनाको डिसेन्डर कभर स्ल्याब भत्किँदा सात कामदार घाइते भएका छन् ।वर्ष दिन अघिबाट निर्माण सुरु गरिएको जलविद्युत्को डिसेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ढलानको संरचनाभन्दा तल्लो भागमा फसेका दुईको अवस्था अझै खुल्न सकेको छैन । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार सात घाइतेलाई तत्कालै उद्दार गरेर उपचारर्थ बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल ल्याइएको छ ।
केहीलाई धुलिखेल रिफर गरिएको छ भने ढलानको तल च्यापिएका दुई कामदारलाई उद्धार गर्न सुरक्षाकर्मी तल्लो भागमा पठाइएको छ । ‘आयोजनाका घाइतेको अवस्था केहीको गंम्भीर देखिएको छ भने तल्लो भागमा च्यापिएका दुईलाई उद्धार गर्न हामी लागिरहेका छौँ, एकको उद्धार भइसकेको छ,’ प्रहरी निरीक्षक जोशीले भने ।
भोटेकोशी-१ आयोजनाले चीनको सीमा जोडिएको भोटेकोशी गाउँपालिका १, ३, ४ र ५ वडाको करिब ४ दशमलव २५ हेक्टर जमिन प्रयोग गर्ने लामो समयपछि अनुमति पाएको थियो । आयोजना इलेक्ट्रो पावर कम्पनी लिमिटेडले करिब ८ अर्बको लागतमा निर्माण गर्न लागेको हो ।
आयोजनाको डिसेन्डर संरचनालाई बचाउन माथिबाट लगाइने कभर स्ल्याबमा कामदार शुक्रबार काम गर्दै थिए । एक्कासी स्ल्याब भत्किन थालेपछि तल बसेर काम गरिरहेका कामदार च्यापिएका थिएekantipurbata